योग दिवसमा देवघाटमा योग जागरण तथा सचेतना कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, असार ७

दशौं विश्व योग दिवसको अवसरमा शुक्रबार विहान देवघाटमा योग जागरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । देवघाटधाम जेसीज र ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र, देवघाटको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र देखि टाउनचोक, बासुचोक, गलेश्वर आश्रम, लगायतका विभिन्न स्थान हुदैँ पुनः प्रशिक्षण केन्द्र सम्म र्यालीको आयोजना गरिएयको थियो । र्यालीपछि ध्यान र योग गरी कार्यक्रम सन्चालन गरिएको थियो ।

सो कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मानव जीवनका लागि योग र ध्यान अत्यन्तै महत्वपूर्ण रहने बताए । उक्त कार्यक्रममा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र आबुखैरेनीकी उप–प्रमुख ब्रह्माकुमारी सरस्वतीले पनि मानव जिवनमा योगको महत्वको बारेमा प्रवचन दिएकी थिइन् । सो कार्यक्रममा देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले स्वागत मन्तव्य राखेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभाले सन २०१५ को २१ जुनलाई विश्व योग दिवस मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘आफु र समाजका लागि योग’ भन्ने मुल नाराका साथ यो दिवस मनाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो