सुर्य नेपाल प्रा.लि.द्वारा दमौली अस्पतालमा डायलाइसिस मेसिन प्रदान

Devghat Online

शेयर गरौ

दमौली, असार ९

सुर्य नेपाल प्रा.लि.ले दमौली अस्पतालको लागि दुईवटा हेमोडायलाइसिस मेसिन उपलब्ध गराएको छ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई  रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान गरेको हो ।

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरे । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् ।

अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले  जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।

सो अवसरमा तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्ले, जिल्ला समन्वय समितिका प्रमुख एवं दमौली अस्पताल व्यवस्थापन समितिका प्रमुख शान्ति रमण वाग्ले, प्रमुख जिल्ला अधिकार जनार्दन गौतम, प्रहरी उपरीक्षक अपिलराज बोहोरा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि