देवघाट, असार ९
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रराम्भिक समिति देवघाटको १६ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आइतबार देवघाटधाम स्थित श्रीकृष्ण कृपाधामको प्राङ्गणमा सम्पन्न भएको छ ।
सो अधिवेशनले बीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका प्राध्यापक इश्वरचन्द्र पौड्यालको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सन्तोष खनाल, सचिव सुरेश खतिवडा, सहसचिव श्रीकृष्ण अधिकारी र कोषाध्यक्ष प्रमिला पोखरेल चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा हरि प्रसाद न्यौपाने, गौरव खतिवडा, आयुष मल्ल र सौरभ रिजाल चयन भएका छन् ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य धर्मराज खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा छिमेकी चितवन जिल्लाका विभिन्न प्रारम्भिक समितिका पदाधिकारी तथा श्रीकृष्ण कृपाधाम देवघाट का उपाध्यक्ष देवराज पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए भने तनहुँ जिल्ला अध्यक्ष प्रदीप चौलागाईंले प्रशिक्षण सहितको शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा श्रीकृष्ण कृपाधामकी तारा माताजिले आशिर्वचन प्रदान गर्नु भएको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
श्रीकृष्ण प्रणामी युवा परिषद् केन्द्रिय समितिको हालै सम्पन्न १० औं पुर्ण बैठकको निर्णय अनुसार प्रारम्भिक समितीहरुको अधिबेशन श्रावणको पहिलो साता भित्र, जिल्ला समितिको श्रावण अन्तिम साता भित्र र प्रदेश समितिको भाद्र दोस्रो साता भित्र र केन्द्रिय महाधिवेशन आगामी असोज ३,४ र ५ गते हुने भएको तनहुँ जिल्ला अध्यक्ष चौलागाईले जानकारी दिए ।