म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठ चिन भ्रमणमा जाने

Devghat Online

शेयर गरौ

दमौली, असार ११

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ चिन भ्रमणमा जाने भएका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा चिन गएको ३० सदस्यीय भ्रमण टोलीमा श्रेष्ठ पनि छन् । उक्त टोली मगंलबार राती १० दिने भ्रमणमा चिन प्रस्थान गर्नेछ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको मैत्रीपूर्ण निमन्त्रणामा यो भ्रमण तय भएको बताइएको छ । भ्रमण टोलीले हुवाइ र युनान प्रान्तको भ्रमण गर्ने टोली नेता विष्णु रिमालले बताए ।

भ्रमण दलले हुवाईको सिउनआङमा तीनले बनाइरहेको स्मार्ट सिटीसमेत अवलोकन गर्नेछ । रिमालका अनुसार बेइजिङको भीड घटाउन बनाइएको होइड्रोलिक सिटीको अवलोकन भ्रमणको उद्देश्य हो । चिन भ्रमणपछि समृद्ध र विकसित म्याग्दे गाउँपालिका निर्माणकोलागि आफुलाई थप ज्ञान प्राप्त हुने अध्यक्ष श्रेष्ठले बताए ।

यो स्मार्ट सिटी चिनियाँ राष्ट्रपति सि जिन पिङको बिचारधारालाई प्रतिबिम्बित हुने गरी निमार्ण गरिरहेको छ । चीनले यो सहरमा राजधानी बेइजिङमा रहेका कतिपय सरकारी कार्यालयहरूको स्थानान्तरणसमेत गरिरहेको छ । विकासको नयाँ मोडेलका रूपमा स्थापित भइरहेको यो सहरमा एमाले नेताहरूलाई विशिष्ट किसिमको स्वागत हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको कतिपय विश्लेषकहरू बताउँछन् । यो शहरको भ्रमणपछि टोलीले युनान प्रान्तको अध्ययन भ्रमण गर्ने छ । भ्रमणकाक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता समेतहुने बताइएको छ ।

भ्रमण दलमा रिमाल सहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, लालबहादुर थापा, इन्दिरादेवी गौतम, जीवन गौतम, नागेन्द्र शाही, सांसद महेश बस्नेत, सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाल, राजन भुर्तेल, अमित लामा लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु