पहिरोले देवघाटका विकको परिवार बिचल्लीमा

Devghat Online

शेयर गरौ

सफल शर्मा । देवघाट असार १३

पहिरोले घर क्षतीग्रस्त भएपछि देवघाट गाउँपालिका वडा नम्बर २ खाल्टेका सन्तबहादुर बिकको परिवार बिचल्लीमा परेको छ ।

गत असार ९ गते राती आएको पहिरोले सन्तबहादुरको घरमा क्षती भएको छ । सन्तबहादुर भने कामको शिलशिलामा हाल भारतमा छन् भने घरमा २ छोरा मात्र बस्छन् । सन्तबहादुरको १८ बर्षिय छोरा सन्तोषले घरमाथीबाट लेदो सहित आएको पहिरोले घरमा क्षती भएको हुँदा घरमा बस्न नहुने बताए ।

विहान ४ बजे घरमाथीबाट एक्कासी आएको पहिरोले घर क्षतीग्रस्त भएको उनले बताए । सन्तबहादुरकी पत्निको तिन महिना अघि मृत्यु भएको थियो । आमाको मृत्यु भएको र बुवा भारतमा काम गर्न गएको अवस्थामा पहिरो घर क्षती भएपछि आफुहरुको बिचल्ली भएको सन्तोषले बताए ।

उनले आफ्नो दुखमा सहयोग गर्न स्थानीय सरकार तथा स्थानीय बासिन्दाहरुसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु