दमौली, असार १३
एसवर्षको एसईई परिक्षाको नतिजा अनुसार भानु नपा–२ नारेश्वरटार स्थित होमराज लोहोनी शारदा शिक्षा सदन माविकी छात्रा रञ्जिला क्षेत्री तनहुँ जिल्लामै सर्वप्रथम भएकी छिन् । उनले जिपिए ४ नतिजा ल्याएकी विद्यालयका प्रअ गोविन्द भट्टराईले जानकारी दिए ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अनुसार जिपिए ४ तनहुँमा रञ्जिलाको मात्र आएको छ ।
महेश संस्कृत गुरुकुल देवघाटका चालिसे दोश्रो
यसैगरि देवघाटधाम स्थित महेश संस्कृत गुरुकुलका छात्र सुधिर चालिसे यस वर्षको एसईई परिक्षामा तनहुँ जिल्लामा सर्वाेत्कृष्ट दोश्रो हुन सफल भएका छन् । उनी संस्कृत गुरुकुल मध्ये सर्वाेत्कृष्ट हुन सफल भएको गुरुकुलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले बताए । उनले परिक्षामा ३.९६ जिपिए ल्याएका छन् ।
उक्त गुरुकुलबाट २० जना छात्रले एसइई परिक्षामा सहभागी भएका सबैको ए प्लस नतिजा आएको प्रधानाचार्य पौडेलले बताए । देवघाटमा रहेको बेदबेदाङ्ग गुरुकुल र परमानन्द संस्कृत गुरुकुलको नतिजा पनि उत्कृष्ट आएको बताईएको छ ।
तनहुँमा यसवर्षको एसईईमा ५३६४ परिक्षार्थी रहेकोमा २२३२ जनाले कक्षा ११ पढ्न पाउने गरि उत्तिर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार ३.६ देखी ४ जिपिए सम्म ल्याउने २३६ जना, ३.२ देखी ३.६ जिपिए ल्याउने ७०७ जना, २.८ देखी ३.२ जिपिए ल्याउने ८८८ जना, २.४ देखी २.८ जिपिए ल्याउने १८ जना र १.६ देखी २.८ जिपिए ल्याउने १ जना रहेका छन् ।