एसईई नतिजाः होरालो शारदा शिक्षा सदन भानुकी रञ्जिला तनहुँ जिल्ला प्रथम, महेश संस्कृत गुरुकुल देवघाटका सुधिर दोश्रो

Devghat Online

शेयर गरौ

दमौली, असार १३

एसवर्षको एसईई परिक्षाको नतिजा अनुसार भानु नपा–२ नारेश्वरटार स्थित होमराज लोहोनी शारदा शिक्षा सदन माविकी छात्रा रञ्जिला क्षेत्री तनहुँ जिल्लामै सर्वप्रथम भएकी छिन् । उनले जिपिए ४ नतिजा ल्याएकी विद्यालयका प्रअ गोविन्द भट्टराईले जानकारी दिए ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अनुसार जिपिए ४ तनहुँमा रञ्जिलाको मात्र आएको छ ।

महेश संस्कृत गुरुकुल देवघाटका चालिसे दोश्रो

यसैगरि देवघाटधाम स्थित महेश संस्कृत गुरुकुलका छात्र सुधिर चालिसे यस वर्षको एसईई परिक्षामा तनहुँ जिल्लामा सर्वाेत्कृष्ट दोश्रो हुन सफल भएका छन् । उनी संस्कृत गुरुकुल मध्ये सर्वाेत्कृष्ट हुन सफल भएको गुरुकुलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले बताए । उनले परिक्षामा ३.९६ जिपिए ल्याएका छन् ।

उक्त गुरुकुलबाट २० जना छात्रले एसइई परिक्षामा सहभागी भएका सबैको ए प्लस नतिजा आएको प्रधानाचार्य पौडेलले बताए । देवघाटमा रहेको बेदबेदाङ्ग गुरुकुल र परमानन्द संस्कृत गुरुकुलको नतिजा पनि उत्कृष्ट आएको बताईएको छ ।

तनहुँमा यसवर्षको एसईईमा ५३६४ परिक्षार्थी रहेकोमा २२३२ जनाले कक्षा ११ पढ्न पाउने गरि उत्तिर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार ३.६ देखी ४ जिपिए सम्म ल्याउने २३६ जना, ३.२ देखी ३.६ जिपिए ल्याउने ७०७ जना, २.८ देखी ३.२ जिपिए ल्याउने ८८८ जना, २.४ देखी २.८ जिपिए ल्याउने १८ जना र १.६ देखी २.८ जिपिए ल्याउने १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन