बन्दिपुरमा रैथाने बालीलाई प्रबद्र्धन गरिनेः पर्यटनसँग कृषि उत्पादन मुख्य कार्यक्रम

Devghat Online

शेयर गरौ

बन्दिपुर, असार १४

बन्दिपुर गाउँपालिकाले रैथानेबालीलाई प्रबद्र्धन गर्ने भएको छ । गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रैथाने बाली, तेल हन तथा दलहनबालीको प्रबद्र्धन गरिने कार्यक्रम अघि सारिएको छ ।

पर्यटकीय स्थलको रुपमा रहेको बन्दिपुरको पर्यटनलाई कृषिसँग जोड्न रैथानेबालीको संरक्षण र प्रबद्र्धनको कार्यक्रम अघि सारिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । एग्रो टुरिजमको नीति मार्फत पर्यटनलाई कृषिसँग आवद्ध गरिने नीति लिईएको गाउँपालिकाले जनाएको छ ।

यसबाहेक प्रत्येक वडालाई कम्तिमा एक उत्पादन मार्फत विशिष्ट पहिचान गराइने तथा सुन्तलालाई बन्दिपुरको उर्वर भूमिको रूपमा चिनाउन तथा बन्दिपुरको रसिलो र गुलियो सुन्तलाको माध्यमबाट बन्दिपुर बासीमा आर्थिक स्तर उकास्न उपयुक्त स्थानमा सुन्तला नर्सरीको स्थापना गरी सुन्तला खेतीलाई प्रोत्साहन गरिने गाउँपालिकाको नीतिमा रहेको छ ।

दलहन र तेलहन बालीहरुलाई पकेट क्षेत्रको रुपमा विकास र विस्तार गरिने, बेमौसमी तरकारी खेतीको विस्तार र प्रवद्र्धन गरी उत्पादन वृद्धि गरिनेछ तथा रैथाने बाली परिकारका उत्पादनका लागि तालिम पनि सन्चालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका तथा मातहतका कार्यालयहरुबाट सन्चालित विभिन्न कार्यक्रमहरुमा प्रयोग गर्दै आईरहेको खादालाई पूर्णरुपमा निषेध गरी पुष्प खेतिको विकास र प्रवद्र्धन गरिनेछ ।

यसैगरि पर्यटनको विकासकोलागि बान्दिपुर गाउँपालिका भित्र रहेका पर्यटकिय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरुमा रहेका प्राकृतिक शिलाहरुलाई थप आकर्षक बनाइने भएको छ । गाउँपालिका भित्र रहेका पौराणिक चौतारा ठाँटी एवंम् बगैचाहरुको संरक्षण सम्वर्धन र प्रवद्र्धन गरिने कार्यक्रम सन्चालन गरिनेछ ।

बन्दिपुरको पच्चिस पोखरी ताल पार्कको निर्माण कार्य यसै वर्ष सुरुवात गरिने तथा वृहत झप्री फाँट जलाशय र देवि थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन कार्य अगाडी बढाइने गाउँपालिकाले जनाएको छ । बन्दिपुरका युवाहरुलाई पर्यटन व्यवसायप्रती आकर्षित गर्न विभिन्न सिपमुलक कार्यक्रमहरु संचालन गरिनेछ भने पर्यटन पूर्वधारको विकास गरी ‘बन्दिपुरको हरेक गाउँ, पर्यटकीय ठाउँ’को रुपमा प्रवर्द्धन गराईने भएकोछ ।

गाउँपालिकाभित्र रहेका पर्यटनसँग आवद्ध संस्थाहरूलाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन गतिविधि सञ्चालन गरिने, उज्यालो बन्दिपुर अन्तर्गत उज्यालो पर्यटकिय गाउँ अभियानलाई निरन्तरता दिइने तथा सिद्ध गुफा, पातलद्वारी गुफा, हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोट गढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्र लगायतका पर्यटकीय स्थलहरुको संरक्षण, सम्वर्द्धन र प्रवद्र्धन गर्ने नीति लिईएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु