दमौली, असार १४
७३ औं मदन जयन्तीको अवसरमा नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिको आयोजनामा शुक्रबार विहान शुक्लागन्डकी नपा–२ एक्लेखेत स्थित मदन–आश्रीत पार्कमा बृक्षारोपण कार्यक्रम आयोजना गरियो ।
नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिका अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटिका सदस्यहरु, नगर कमिटिका सदस्यहरु, विभिन्न भातृ संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
वि.सं. २००९ साल असार १४ गते शुक्रबार ताप्लेजुङ जिल्लाको ढुंगेसांघु गाविसको ठोट्ने भन्ने ठाउँमा मदन भण्डारीको जन्म भएको थियो । मदन भन्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जिप दुर्घटनाा निधन भएको थियो ।