पार्वती माविका विपन्न र जेहेन्दार विद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण

Devghat Online

शेयर गरौ

देवघाट, असार १४

देवघाट गाउँपालिका-१ स्थित पार्वती माविका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरिएको छ । तनहुँ सेवा समाज दोहा कतारले शुक्रबार विद्यालयमा कार्यक्रमको आयोजना गरि स्टेसनरी सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा तनहुँ सेवा समाज दोहा कतारका अध्यक्ष पदम गिरीले विद्यालयका ९० जना भन्दा बढि विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरेका थिए । प्रत्येक विद्यार्थीलाई एक दर्जन कापी र १० वटा कलम उपलब्ध गराईएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद गुरुङको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि तनहुँ सेवा समाज कतारका अध्यक्ष गिरी, देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, विद्यालयका प्रअ राजु गिरी, समाजका सदस्य आकाश गिरी लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामाग्री हस्तान्तरण गरि विद्यार्थीहरूमा हौसला प्रदान गरिदिनु भएकोमा विद्यालयका प्रअ गिरीले तनहुँ सेवा समाज, दोहा कतार परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता