पार्वती माविका विपन्न र जेहेन्दार विद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण

Devghat Online

शेयर गरौ

देवघाट, असार १४

देवघाट गाउँपालिका-१ स्थित पार्वती माविका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरिएको छ । तनहुँ सेवा समाज दोहा कतारले शुक्रबार विद्यालयमा कार्यक्रमको आयोजना गरि स्टेसनरी सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा तनहुँ सेवा समाज दोहा कतारका अध्यक्ष पदम गिरीले विद्यालयका ९० जना भन्दा बढि विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरेका थिए । प्रत्येक विद्यार्थीलाई एक दर्जन कापी र १० वटा कलम उपलब्ध गराईएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद गुरुङको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि तनहुँ सेवा समाज कतारका अध्यक्ष गिरी, देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, विद्यालयका प्रअ राजु गिरी, समाजका सदस्य आकाश गिरी लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामाग्री हस्तान्तरण गरि विद्यार्थीहरूमा हौसला प्रदान गरिदिनु भएकोमा विद्यालयका प्रअ गिरीले तनहुँ सेवा समाज, दोहा कतार परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले