प्रकाश बगाले । माल्टा (युरोप) असार १४
युरोपेली मुलुक माल्टालाई कर्मथलो बनाउदै आएका सुरज लौडारीलाई ब्लड क्यान्सर रोग देखिएको छ । ब्यास नगरपालिका-१ दमौली घर भई रोजगारीको शिलसिलामा विगत ६ बर्षदेखि माल्टामा बसोबास गर्दै आएका सुरज लौडारी २ महिना देखि अकस्मात बिरामी भई माल्टाको माटर देइ अस्पतालमा भर्ना भइ उपचारको क्रममा जाँच गर्दा उनलाई ब्लड क्यान्सर देखिएको अस्पतालले जनाएको हो ।
उपचारको गर्दैगर्दा उनलाई ब्लड क्यान्सर रोगको पुष्टि भएसंगै बिषय विशेषज्ञ डाक्टर र वार्ड इन्चार्ज सँग परामर्श लिँदा थप उच्च उपचारका लागि युके जान पर्ने अवस्था आएको पिडित सुरज बताउँछन् । ६ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएर अस्पतालमा देखाएर उपचाररत हुँदै गर्दा हाल २ महिना देखि डाक्टरहरुको सल्लाहमा अस्पतालमानै भर्ना भएर उपचार भइरहेको लौडारीले देवघाट अनलाइनलाई बताए । अस्पतालमा हुने खर्च अस्पतालमा परिवारले नै हेरेकाले सहज भएको थियो। अब युके मा उपचार गर्न व्यक्तिगत हुने हुदा माल्टा तथा गोजोमा कर्मथलो बनाउनु हुने सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफुले सकेको सहयोग गरिदिनु हुन समेत उनले अनुरोध गरेका छन् ।
“सेवा नै धर्म ”लाई आत्मासात गर्दै सुरज लौडारी ब्लड क्यान्सर डोनेसन क्याम्पेनमा हातेमालो गर्दै अगाडि बढिरहेको गैर आवासीय नेपाली संघका सदस्य हरिप्रसाद पौडेलले बताए । हाम्रो सानो साथ सहयोगले बिरामीको रोग सॅंग लड्नको लागी आत्म विश्वास निर्माण र थप ऊर्जा आउने हुँदा सबैले अनिवार्य सहयोग गर्न समेत उनले अपिल गरेका छन ।
घरपरिवारको खम्बा बनेर परदेशी यात्राको तय गर्दैगर्दा यो जोखिमपूर्ण रोगबाट ग्रसित हुनुभएको सुरज लौडारीको घरपरिवारको आर्थिक अवस्था कमजोर रहेको हुँदा थप उपचारको लागि आर्थिक अभाव भएकोले सम्पूर्ण सहयोगी मनका धनी माल्टा तथा गोजोबासी दाजुभाइ तथा दिदीबहिनीहरू, व्यापारी, बुद्धिजीवी, र सामाजिक व्यक्तित्वहरूसँग थप उपचारका लागि सहयोग गर्न गैर आवासीय नेपाली संघ माल्टाले अनुरोध गरेको छ ।
गैर आवासीय नेपाली संघ माल्टाले आफ्नो आपतकालीन राहत कोषबाट १ हजार यूरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भने गैर आवासीय नेपाली संघ माल्टाको पहलमा सुरज लौडारीको थप उपचारका लागि पाँच हजार युरो बराबरको अक्षयकोषको समेत स्थापना गरेको हुँदा आर्थिक सहयोग गर्नको लागि अपिल समेत गरिएको छ ।
माल्टाबाट आर्थिक संकलन अभियानलाई तीव्रता दिन माल्टामा रहेका विभिन्न संघ-संस्था तथा सामाजिक व्यक्तित्वहरुले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समेत आह्वान गरेका छन् ।
प्रत्यक्ष सुरज लौडारीलाई सहयोग गर्न सकिने हुँदा सुरजको मोबाइल नम्बरमा +35677736009 समेत सम्पर्क गर्न सकिने छ।