शुक्लागन्डकीमा गन्डकी विश्वविद्यालयको अन्तरक्रिया

Devghat Online

शेयर गरौ

दमौली, साउन २०

विश्वविद्यालय सन्चालन सम्बन्धमा गण्डकी विश्वविद्यालद्वारा शनिबार शुक्लागन्डकी नगरपालिकामा अन्तरक्रिया आयोजना गरियो ।

गण्डकी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्थापित गण्डकी विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो अवधिमै ५ वटा स्नातकका कार्यक्रमहरु सञ्चालन गरिरहेको तथा तथा स्नातकोत्तर तहका २ वटा नयाँ कार्यक्रमहरु निकट भविष्यमै शुरु गर्ने भएको छ ।

देश र समाजको आवश्यकता अनुसारको तथा एक्काईसौ शताब्दीको युग सुहाँउदो र विश्व बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने सक्षम दक्ष जनशक्ति उत्पादन गर्ने दायित्व बोकेका विश्वविद्यालयहरु प्रतक्ष्यरुपमा समाज र सामाजिक संघसंस्थाहरुसँग हातेमालो गर्दै, एकअर्कामा परिपुरक बनेर हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको विश्वविद्यालयका रजिष्टार डा. कैलास तिमिल्सिनाले बताए ।

गण्डकी विश्वविद्यालयले गण्डकी प्रदेशका ११ जिल्ला र ८५ वटा पालिकाहरुसँग प्रतक्ष्य र अप्रत्यक्षरुपमा जोडिदै परस्परमा सहकार्य गर्दै आफ्ना कार्यक्रमहरु अगाडि बढाउदै लैजाने नीति अन्तर्गत पहिलो तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट समुदायसँगको साझेदारी कार्यक्रम सन्चालन गरेको हो । सो कार्यक्रममा विश्वविद्यालयका हालसम्मका प्रगति, भावी लक्ष्य तथा कार्यक्रमहरु, बदलिँदो समाजका परिस्कृत आवश्यकताहरु र देश विकासका नवीनतम आयामहरु लगायतका विविध पक्षमा एक बृहत अन्तक्रिया गरिएको रजिष्टार तिमिल्सिनाले बताए ।

सो कार्यक्रममा बोल्दै पूर्व मन्त्री आशा कोइरालाले अन्य भन्दा फरक ढंगले गण्डकी विश्वविद्यालयको ऐन बनाएको भएपनि फरक अनुभूति बाहिर आउन नसकेको बताइन् । गण्डकी प्रदेश सभाका पूर्व सदस्य समेत रहेकी कोइरालाले व्यवहारिक र प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिईन् ।

विशवविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुम बहादुर विक राजुले कान्छो विश्वविद्यालयले शैक्षिक प्रणालीलाई परिवर्तन गरी जान सुझाव दिएका थिए ।

कार्यक्रमा डा. शेषरमण न्यौपाने, वडा नम्बर ५ का अध्यक्ष दिर्घ बहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष बुद्धि बहादुर थापा, समाजसेवी महेश्वर भट्टराई, व्यवसायी हरि कुमार श्रेष्ठ, ज्ञान बगैचा इङ्लीस बोर्डिङ स्कुलका प्रिन्सीपल सुरेश पौडेल लगायतले विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्र नभई स्वरोजगारका साथै वैदेशिक अध्ययनकालागि हिड्ने युवायुवतीलाई पनि रोक्न सक्ने खालको बन्नुपर्ने सुझाव दिएका थिए । सो कार्यक्रममा उपप्राध्यापक लिलाराज लोहनी र सुरेश ढकालले कार्यक्रममा सहजिकरण गरेका थिए ।

वि.स. २०७६ सालमा स्थापना भएको विश्वविद्यालयले दुई वर्षपछि मात्र अध्यापन शुरु गरेको थियो । नेपालमै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) र ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी (बीआइटी) विषयको पढाइ सुरु गरेको विश्वविद्यालयले हाल ‘ब्याचलर्स अफ फार्मेसी’ (बि–फर्मा),  ब्याचलर्स अफ बीजनेश एडमिनेस्ट्रेसन (बीबीए) र ब्याचलर्स अफ आटर्स एण्ड ब्याचलर्स अफ लिगेस्लेटिभ ल (बीएएलएलबी) पनि अध्यापन भइरहेको छ ।

विश्वविद्यालयका डिन डा.कपिल अधिकारीले दक्षिण एसियाकौ नमुना विश्वविद्यालय बनाउने दिशातर्फ अगाडी बढेको बताए । पठनपाठन र अनुसन्धानमा केन्द्रित विश्वविद्यालयले पोखरा–३२ मा आफ्नै संरचना खडा गरेको छ । विश्वविद्यालयले आविष्कार केन्द्रको समेत स्थापना गरेको छ । गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने डिन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना