गृहमन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा तनहुँ जिल्ला प्रशासन ५६ औं स्थानमा

Devghat Online

शेयर गरौ

दमौली, साउन २३

गृहमन्त्रालयले गरेको जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मुल्यांकनमा तनहुँ ५६ औं स्थानमा परेको छ । मन्त्रालयले एक वर्षभरी भएका कार्य सम्पादनहरुको त्रैमासिक स्तरमा मुल्यांकन गरेको थियो ।

शान्ति सुरक्षा, सुशासन, विपद व्यवस्थापन, सेवा प्रवाह, आर्थिक अनुशसान लगायतको विषयमा गृह मन्त्रालयले मुल्यांकन गर्छ ।
देशका ७७ जिल्ला प्रशासन कार्यालय मध्ये तनहुँ प्रशासनले कुल एक सय पुर्णाङ्कमा ९०.५६ अंक प्राप्त गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले पहिलो त्रैमासिकमा २७.५६, दोश्रो त्रैमासिकमा १६.४३, तेश्रो त्रैमासिकमा १४.५ र चौंथो त्रैमासिकमा ३२.०६ अंक प्राप्त गरेको थियो ।

गृह सचिव र प्रमुख जिल्ला अधिकारी विच कार्यसम्पादन सम्झौता भई सोही अनुसार मन्त्रालयले कार्यसम्पादन मुल्यांकन गर्ने गर्छ । कार्यसम्पादन मुल्यांकनमा रुपन्देही पहिलो र धनुषा सबैभन्दा अन्तिम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको