विद्यार्थीहरुमा डेंगु संक्रमण भएपछि आबुँखैरेनीको दुई विद्यालय बन्द

Devghat Online

शेयर गरौ

दमौली, साउन २३

आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ मा रहेको मर्स्याङदी बाल ज्योति इङलिस बोर्डिङ स्कुल र बाल शिक्षा सदन इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुमा डेंगुको संक्रमण भएपछि उक्त दुई विद्यालय बन्द गरिएको छ ।

डेंगु संक्रमणका कारण बिरामी हुने विद्यार्थीको संख्या बढ्दै गइरहेकोले यी दुईवटा विद्यालय बन्द गर्न निर्देशन दिईएको आबुँखैरेनी गाउँपालिकाका शिक्षा अधिकारी निर्मला कुवँरले बताइन् । पालिकाका अन्य विद्यालयहरुले समेत विद्यार्थीहरुको बिरामीको अवस्था अनुसार बिरामी संख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्नुहुन र डेंगु रोगको रोकथाम तथा नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरिएको कुँवरले बताइन् ।

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले डेंगु नियन्त्रणका सम्बन्धमा पूर्व तयारी तथा विशेष सतर्कता अपनाउनु हुन साथै उपचारमा समस्या भएका तथा बीमा नभएको विद्यार्थीहरुलाई आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको बताए ।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँका १० पालिका मध्ये सबैभन्दा धेरै आबुँखैरेनीमा डेंगु संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार आबुँखैरेनीमा मंगलबारसम्म ४२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल