डुम्रे बजारका पसलहरुको अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, साउन २४

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँको संयोजनमा बन्दिपुर गाउँपालिका वडा नम्बर १ को डुम्रे बजारका पसलहरुमा विहिबार अनुगमन गरिएको छ ।

बन्दिपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिव श्रेष्ठ, उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका उपाध्यक्ष दिपक कुमार श्रेष्ठ तथा प्रहरी चौकी, डुम्रे सहितको संयुक्त अनुगमन टोलीले डुम्रे बजार स्थित विभिन्न एघार खाद्य व्यवसायमा अनुगमन निरीक्षण सम्पन्न गर करिब छ हजार छ सय पचासी रुपैयाँ बराबरको म्याद नाघेका वस्तु नष्ट गरेको छ ।

अनुमगन टोलीले ४ वटा किराना पसल, ३ वटा हाइवेका मिठाइ पसल, २ वटा माछा मासु पसल, एउटा तरकारी फलफूल पसल र एउटा दाना पसलमा अनुमगन गरेको थियो । अनुमगनको क्रममा दर्ता नगरेका पसललाई एक महिना भित्र दर्ता प्रक्रिया पूरा गर्न, म्याद नाघेका खाद्य सामाग्री तत्काल बिक्रि कक्षबाट हटाउन, मूल्य सूची राख्न सचेत गराईएको थियो ।

त्यसैगरि खाद्य सामाग्रीसँग साबुन, सरफ, बेगन स्प्रे जस्ता सामाग्री टाढा राख्न तथा आयातकर्ताको नाम स्पष्ट भएका मात्र आयातित खाद्य पदार्थ बिक्री गर्न राख्न, मिठाई पसल तथा माछा मासु पसलमा सरसफाई कायम गर्न, दाना पसलमा दाना पदार्थलाई ओशबाट बचाएर राख्न सचेत गराईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण