पहाडमा भन्दा मधेसका विद्यालयहरुको अवस्था बिजोग छः सांसद श्रेष्ठ

Devghat Online

शेयर गरौ

दमौली, साउन २४

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले पहाडमा भन्दा मधेसमा सामुदायिक विद्यालयको अवस्था बिजोग रहेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा सम्बन्धि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले मधेसमा विद्यालयहरुको अवस्था बिजोग भएको हुँदा पुर्वाधार निर्माणको बारेमा सोच्नु पर्ने बताए ।

आफु यस अघि ५ बर्ष पहाडी जिल्ला तनहुँको सांसद भईसकेको र हाल मधेस प्रदेशको बारा जिल्लाको सांसदको रुपमा रहँदा उक्त दुई भुगोलको विद्यालयहरुको तुलना गर्दा मधेसमा धेरै नै बिजोग पाएको बताए । मधेसमा विद्यालय भवन नहुँदा विद्यार्थीहरु आँपको बगैंचामा त कतै फुसको छानामुनी बसेर पनि पढ्नु परेको सांसद श्रेष्ठले बताए ।

नयाँ सरकारसँग विद्यालयको पुर्वाधार निर्माणको लागि बजेट विनियोजन गर्न माग गर्नुपर्ने सांसद श्रेष्ठले बताए । पाहाडी क्षेत्रका गाउँका विद्यालयमा विद्यार्थी नहुँदा भवन रित्तै भएको तर मधेसमा विद्यार्थीहरुले पढ्न भवन समेत नपाएको श्रेष्ठले बताए ।  शैक्षिकक्षेत्र सुधार्नकोलागि प्रत्येक जिल्लामा एक एक वटा बुढानिलकण्ठ जस्तै विद्यालय खोल्नुपर्ने उनले सुझाव दिए ।

अंग्रेजी बोल्न जान्दैमा विद्वान भइने भ्रम रहेको भन्दै श्रेष्ठले संसदमा पनि अंग्रेजी बोलेर आफुलाई ठुलो ठान्ने प्रबृत्ति रहेको बताए । शिक्षकलाई राजनीति गर्न नदिने यस अघिको शिक्षामन्त्रीको निर्णय प्रति सांसद श्रेष्ठले आपत्ती जनाए । शिक्षकहरुले आफ्नो पेशा बाहेकको समयमा राजनीतिक गतिविधिमा सरिक हुन रोक लगाउन नहुने उनले बताए । शिक्षकहरुलाई मर्यादित र पेशागत रुपमा सम्मानित बनाउनु पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता