पहाडमा भन्दा मधेसका विद्यालयहरुको अवस्था बिजोग छः सांसद श्रेष्ठ

Devghat Online

शेयर गरौ

दमौली, साउन २४

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले पहाडमा भन्दा मधेसमा सामुदायिक विद्यालयको अवस्था बिजोग रहेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा सम्बन्धि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले मधेसमा विद्यालयहरुको अवस्था बिजोग भएको हुँदा पुर्वाधार निर्माणको बारेमा सोच्नु पर्ने बताए ।

आफु यस अघि ५ बर्ष पहाडी जिल्ला तनहुँको सांसद भईसकेको र हाल मधेस प्रदेशको बारा जिल्लाको सांसदको रुपमा रहँदा उक्त दुई भुगोलको विद्यालयहरुको तुलना गर्दा मधेसमा धेरै नै बिजोग पाएको बताए । मधेसमा विद्यालय भवन नहुँदा विद्यार्थीहरु आँपको बगैंचामा त कतै फुसको छानामुनी बसेर पनि पढ्नु परेको सांसद श्रेष्ठले बताए ।

नयाँ सरकारसँग विद्यालयको पुर्वाधार निर्माणको लागि बजेट विनियोजन गर्न माग गर्नुपर्ने सांसद श्रेष्ठले बताए । पाहाडी क्षेत्रका गाउँका विद्यालयमा विद्यार्थी नहुँदा भवन रित्तै भएको तर मधेसमा विद्यार्थीहरुले पढ्न भवन समेत नपाएको श्रेष्ठले बताए ।  शैक्षिकक्षेत्र सुधार्नकोलागि प्रत्येक जिल्लामा एक एक वटा बुढानिलकण्ठ जस्तै विद्यालय खोल्नुपर्ने उनले सुझाव दिए ।

अंग्रेजी बोल्न जान्दैमा विद्वान भइने भ्रम रहेको भन्दै श्रेष्ठले संसदमा पनि अंग्रेजी बोलेर आफुलाई ठुलो ठान्ने प्रबृत्ति रहेको बताए । शिक्षकलाई राजनीति गर्न नदिने यस अघिको शिक्षामन्त्रीको निर्णय प्रति सांसद श्रेष्ठले आपत्ती जनाए । शिक्षकहरुले आफ्नो पेशा बाहेकको समयमा राजनीतिक गतिविधिमा सरिक हुन रोक लगाउन नहुने उनले बताए । शिक्षकहरुलाई मर्यादित र पेशागत रुपमा सम्मानित बनाउनु पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले