महिलाको शंकास्पद मृत्युको घटनाको मुख्य आरोपीलाई मन्त्रीबाट बर्खास्त गर्न माग

Devghat Online

शेयर गरौ

दमौली, साउन २५

महिला मानवअधिकार रक्षक सन्जाल तनहुँले बाँके जिल्ला नेपालगञ्ज परस्पुरकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्रीबाट बर्खास्त गर्न माग गरेको छ । सन्जालले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई गम्भिर प्रकृतिको फौजदारी मुद्धाका आरोपित कुर्मीलाई मन्त्रीबाट बर्खास्त गर्न माग गरेको हो ।

कुर्मीलाई लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री पदमा नियुक्त गरिएकोप्रति महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा जनाईएको छ । बादशाह कुर्मी निर्मला कुर्मीको हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा प्रहरी अनुसन्धानको घेरामा रहेका व्यक्ति हुन् । उनलाई गृह मन्त्रालयको छानविन समिति र सिआइबीले दोषी करार गर्दासमेत राज्यले कानुनको कठघरामा उभ्याइ कानुनी कारबाही गर्नुको सट्टा गत बुधवार लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले मन्त्री पदमा पदस्थापन गरी पुरस्कृत गरेको सन्जालले आरोप लगाएको छ ।

कानुनी राज्यमा आपराधिक गतिविधि गर्ने र फौजदारी अभियोगमा संलग्न व्यक्तिलाई राज्यको उच्च पदमा पदस्थापन गरी प्रोत्साहन गर्नु भनेको नेतृत्वद्वारा नै कानुनी राज्यको उपहास गर्दै कानुनको ठाडो उल्लंघन गर्नु हो भने मानव अधिकार विरूद्धको कार्यलाई प्रोत्साहित गरी अपराध गर्ने प्रवृतिलाई प्रश्रय दिनु र दण्डहीनता मौलाउने वातावरणको सिर्जना गर्नु हो भन्ने हाम्रो ठम्याइ रहेको छ । यसर्थ, राज्यका निर्णायक तहमा रहेकाहरूले यस किसिमको जनताको हितविरोधी गरेको सामन्ती निर्णयप्रति हामी महिला मानव अधिकार रक्षकहरूको तर्फबाट विरोध गरिएको छ ।

महिला मानवअधिकार रक्षक सन्जाल तनहुँकी संयोजक कल्पना पौडेलले हस्ताक्षर गरेको ज्ञापनपत्रमा वि.सं. २०७५ सालमा बादशाह कुर्मीकै निर्देशनमा निर्मला कुर्मीलाई अपहरण गरि बेपत्ता पारी हत्या गरेको आरोप रहेको भन्दै यस्तो जघन्य अपराधका आरोपी निज बादशाह कुर्मीलाई अविलम्ब पदच्युत गरी अनुसन्धान थालनी गरियोस् र कानुनको दायरामा ल्याई आवश्यक कारबाही गरियोस् भन्ने लुम्बिनी प्रदेश सरकार र संघीय सरकार समक्ष माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका