तनहुँमा नागरिकता भन्दा राहदानी लिने बढि

Devghat Online

शेयर गरौ

दमौली, साउन २६

तनहुँमा नागरिकताको प्रमाणपत्र भन्दा राहदानी लिनेको संख्या बढि रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा नागरिकता भन्दा राहदानी लिनेको संख्या बढि रहेको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले गत आर्थिक वर्षमा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ । राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा आठ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । त्यसमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अङ्गिकृतको आधारमा नौ जनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् । यसैगरी सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैर आवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ ।

साथै सोही अवधिमा नौ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्ध गरिएको छ । वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च जिल्ला भएकाले पनि नागरिकता भन्दा बढी राहदानी वितरण भएको हुन सक्ने बताइएको छ ।

कार्यालयबाट पाँच सय १५ जनालाई नाबालक परिचयपत्र, १४ जनालाई प्रतिलिपि वितरण गरिएको छ । २५ हजार दुई सय २७ जनाको राष्ट्रिय परिचयपत्र नयाँ दर्ता गरिएको छ भने एक हजार १४ परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ । आठ सय ४५ जनालाई जनजाति प्रमाणित, चार सय १८ जनालाई दलित प्रमाणित, एक सय जनालाई विपन्न खस आर्य प्रमाणित, ३८ जनालाई मुस्लिम प्रमाणित गरिएको कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै एक सय ५८ जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरिएको छ भने १२ जनालाई यात्रा अनुमति पत्र सिफारिस गरिएको छ । त्यसअवधिमा कार्यालयमा एक सय ४५ मुद्धा दर्ता भएकामा ७९ फछ्र्यौट भएका छन् ।

संस्था दर्तातर्फ २५ नयाँ दर्ता, छ सय ८७ नवीकरण, हातहतियारतर्फ तीन नवीकरण र एक नामसारी भएका छन् । कार्यालयले संस्था दर्ताबाट रु १० लाख ३० हजार छ सय दश, हातहतियारबाट रु छ लाख १ हजार एक सय २५, राहदानी दस्तुरबाट रु आठ करोड ४६ लाख ५३ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट रु ११ लाख ५० हजार छ सय ३८, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु दुई लाख २३ हजार राजश्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना