प्रथम देवपुर कप फुटवल प्रतियोगिताको उपाधी ढोडेनी फुटवल क्लवलाई

Devghat Online

शेयर गरौ

देवघाट, साउन २६

देवघाट गाउँपालिका–५ मा आयोजित प्रथम देवपुर कप सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधी ढोडेनी फुटवल क्लवले जितेको छ । गाउँसुधार समाज देवपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको शनिबार भएको फाईनल खेलमा गैडाकोट नगरपालिका–३ को ढोडेनी फुटवल क्लवले भरतपुर मनपा–१४ को राधापुर युथ क्लवलाई १–० गोल अन्तरमा बिजयी भएको हो ।

प्रतियोगितामा बिजयी ढोडेनी फुटवल क्लवले ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राधापुर युथ क्लवले नगद ३० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको बिजेता र उपबिजेतालाई देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले पुरस्कार प्रदान गरेका थिए ।

सेन्ट्रल कलेजको प्रायोजनमा गत साउन १८ गतेदेखी सुरु भएको उक्त प्रतियोगितामा ४० टिमको सहभागिता रहेको थियो । देवपुर गाउँसुधार समाजका अध्यक्ष शुकु गुरुङको अध्यक्षतामा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण