तनहुँमा डेंगु संक्रमण बढ्दै, ८ सय भन्दा बढिमा डेंगु सङ्क्रमण पुष्टि

Devghat Online

शेयर गरौ

दमौली, साउन २६

तनहुँ जिल्लामा ८ सउ भन्दा बढिमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेंगु पुष्टि भएको छ । जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरूमा डेंगु पुष्टि भएको हो ।

विद्यार्थीमा डेंगु संक्रमण बढ्न थालेपछि आबुँखैरेनीका ४ वटा विद्यालय बन्द गरिएको छ । तनहुँमा सबैभन्दा धेरै डेंगु संक्रमित आबुँखैरेनी गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर