ब्राह्मण समाज आबुँखैरेनीको प्रशिक्षण सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, साउन २७

ब्राह्मण समाज नेपाल आबुखैरेनी–१ को आयोजनामा समाजका आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण एवं प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । समाजका वार्ड समितिका अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष कृष्ण चन्द्र पाण्डेले उद्घाटन गर्दै जातीय सद्भाव कायम राख्दै समाजको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै ब्राह्मणहरूको आचरण संस्कार संस्कृति जगेर्नको लागि हर तहबाट सबैले आआफ्नो ठाउँबाट विशिष्ट योगदान दिनुपर्ने कुरामा जोड दिए ।

सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वेद अनुयायी प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्ले, जिल्ला कार्यसमितिका कोषाध्यक्ष गङ्गाप्रसाद पोख्रेल, आँबुखैरेनी गाउँ समितिका अध्यक्ष गङ्गाराम कोइराला, जिल्ला कार्य समितिका सदस्य गोविन्दराज पन्त, महेन्द्रमोहन भट्टराई, अचुत वाग्ले, गोपाल पौडेल, नानीराम अधिकारी ईश्वर वाग्ले र उपेन्द्र चापागाईं लगायतले समाजको आवश्यकता र भावी कार्यदिशाको बारेमा प्रष्ट पारेका थिए ।

सो अवसरमा समाजका जिल्ला अध्यक्ष पाण्डेले आजीवन सदस्यहरूलाई प्रमाणपत्र र जिल्ला कार्यसमिति तनहुँबाट प्रकाशित गरिएको प्रथम स्मारिका (पाञ्चजन्य नामक पुस्तक)एक÷एक थान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता