बार्षिक प्रगति समिक्षा कार्यक्रम सुरु

Devghat Online

शेयर गरौ

दमौली, साउन २७

जिल्ला समन्वय समिति तनहुँको आयोजनामा बार्षिक प्रगति समिक्षा कार्यक्रम आइतबारदेखी सुरु भएको छ । जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयहरुले गत आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रमहरुको प्रगति तथा समिक्षा गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ९२ को उपदफा १ को (ञ)मा जिल्ला स्थित स्थानीय तह र सरकारी कार्यालयहरुबाट सम्पादन भएका कार्यक्रमहरुको बार्षिक समिक्षा गर्नुपर्ने व्यवस्था भएबमोजिम उक्त कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद शंकर भण्डारीले जनताले सहजरुपमा सेवा पाउनुपर्ने बताए । सरकारी कार्यालयहरुले कुनै पनि बाहानामा जनताको काममा अवरोध गर्न नपाउने भण्डारीले बताए । जनतालाई प्रदान गर्ने सेवा प्रवाहमा कुनै पनि ढिलासुस्ती गर्न नहुनेमा सांसद भण्डारीले जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा राष्ट्रिय सभाका सांसद शुरेश आले, गन्डकी प्रदेश सभाका सांसद हरिबहादुर चुमान र अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेशका सांसदहरु, १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतहरु, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु सहभागी छन् । सोमबार सम्म चल्ने सो कार्यक्रममा सबै स्थानीय तह र सरकारी कार्यालयहरुले आ आफ्नो कार्यालयबाट सम्पन्न भएका कार्यक्रमहरुको विवरण प्रस्तुत गर्ने जिल्ला समन्वय अधिकारी प्रकश राज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त