नेपाल उद्योग ब्यापार महासंघ तनहुँको अध्यक्षमा सुर्खाली

Devghat Online

शेयर गरौ

दमौली, साउन २७

नेपाल उद्योग ब्यापार महासंघ तनहुँको अध्यक्षमा गोपाल सुर्खाली चयन भएका छन् । महासंघको आइतबार दमौलीमा समपन्न प्रथम भेलाले सुर्खालीको अध्यक्षतामा २७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मेहरमान श्रेष्ठ (उद्योग तर्फ) र उपाध्यक्ष वाणिज्य तर्फ झ्यामकुमारी थापा, महासचिब सरोज पौडेल, सचिब प्रेम तामाङ, कोषाध्यक्ष उषा भण्डारी र सहकोषाध्यक्ष कृष्ण बिक चयन भएका छन् ।

निवर्तमान अध्यक्ष दशरथ गैह्रेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोईराला, जिल्ला संयोजक ओमराज आले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका