दमौली, साउन २७
यस बर्षको भानु कपको उपाधि च्याङली स्पोटर्स गोरखाले हात पारेको छ ।
उपाधि सँगै च्याङली स्पोटर्स गोरखाले २ लाख ५० हजार नगद रुपैयाँ र ट्रफि समेत हात पारेको छ । च्याङली स्पोटर्सले लिभिक कन्ट्रक्सन शुक्लालाई १–० गोल अन्तरले पराजित गरेका थियो । उप विजेता शुक्लाले १ लाख २५ हजार रुपैयाँ नगद सहित ट्रफि हात पारेको थियो ।
विजेता र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी सांसद शंकर भण्डारीले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा सांसद भण्डारीले विजेता र उपविजेता टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।यस किसिमका प्रतियोगिताले खेल क्षेत्रको विकासमा विशेष टेवा पुग्ने सांसद भण्डारीको भनाई रहेको थियो ।
कार्यक्रममा विष्णु अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख आनन्दराज त्रिपाठी ,उप प्रमुख उमा गोतामे र नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका सभापति कृष्णप्रसाद गौतम लगायतले बोलेका थिए ।
उक्त नाईन ए साईडको उक्त फूटबल प्रतियोगिता गत साउन १९ गतेदेखी सुरु भएको थियो । भानुलाई राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता गरिएको खेल संयोजक भरत बानियाँले जानकारी दिए । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा उक्त प्रतियोगिता भन्सार युवा परिवार, सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा गरिएको हो ।