स्वास्थ्यमन्त्री पौडेलको अस्पताल सुधार अभियान, भरतपुर अस्पतालमा विभिन्न सुधार हुने

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन २८

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालय मातहतका १७ अस्पतालको सेवामा सुधार थालेका छन् । मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै अस्पतालमा देखिएको भिड व्यवस्थापनसँगै सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए ।

एक महिनाभित्र भिड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म रिपोर्ट प्राप्त सबै अस्पतालले सुधार भएको जानकारी पठाएको मन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त सुधार अनुसार चितवनको भरतपुर अस्पतालमा विशेषज्ञ ओपिडी ९.३० बजेदेखी ३ बजेसम्म, जनरल ओपिडी विहान ७ देखी साँझ ५ बजेसम्म हुने भएको छ । त्यस्तै चितित्क राउन्ड, भर्ना र डिस्चार्ज नियमित गरिने, विहान ९ देखी ११ बजेसम्म र साँझ ४ बजेसम्म डिस्चार्जको सुचना दिईने, अस्पतालको फार्मेसीमा विमाको ७५ प्रतिशत औषधी दिइने, फार्मेसी २४ घन्टा खुल्ने भएका छन् ।

यस्तै भरतपुर अस्पतालमा ५ वटा ओपिडी काउन्टर रहेकोमा ३ वटा थप गरि ८ वटा बनाईने, अनलाइन र टोकन व्यवस्थापन गनिरे तथा सोधपुछ, गुनासो सुन्ने, सहायता कक्ष, पिउने पानी, सफा सौचालय, पानी व्यवस्थापक आदि व्यवस्थापन गरिने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यसैगरि तनहुँको शुक्लागन्डकी नगरपालिकाको बेलचौतारामा रहेको जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ओपिडी विहान ८ बजेदेखी ५ बजेसम्म हुने भएको छ । अस्पतालमा शैया र अप्रेशनकालागि प्रतिक्षा गर्नु नपर्ने तथा विमाका सबै प्रकारका औषधी उपलब्ध हुने मन्त्री पौडेलको सचिवालले जनाएको छ ।

त्यसैगरि दैनिक २५० देखी ३ सय सम्मका सेवाग्राहीको व्यवस्थापन हुने, टिकट काउन्ट, अनलाइन टिकक, एटिएम तथा क्युआर कोर्ड भुक्तानीको व्यवस्था गरिएको तथा सोधपुछ, सहायता कक्ष र गुनासो सुन्ने व्यवस्था गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र