तनहुँमा डेंगु संक्रमण बढ्दै, ८२२ जनामा सङ्क्रमण पुष्टि, आबुँखैरेनी अस्पतालमा डेंगुको निशुल्क परिक्षण र उपचार

Devghat Online

शेयर गरौ

दमौली, साउन २३

तनहुँ जिल्लामा सोमबार सम्म ८२२ भन्दा बढिमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सबैभन्दा धेरै संक्रमित आबुँखैरेनीमा ६०४ जना डेंगु संक्रमित रहेका छन् ।

त्यसपछि क्रमशः शुक्लागन्डकीमा १२३, व्यासमा ५७, बन्दिपुरमा ३६ र भिमादमा २ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरूमा डेंगु पुष्टि भएको हो ।

डेंगु संक्रमितको संख्या बढ्दै जान थालेपछि आबुँखैरेनी अस्पतालले डेंगुको निशुल्क परिक्षण र डेंगु संक्रमितको निशुल्क उपचार गर्ने भएको छ । आबुँखैरेनी अस्पतालले सोमबार सुचना प्रकाशित गरि आबुँखैरेनी गाउँपालिका अन्तर्गत डेंगुको प्रकोप बढेको हुँदा डेंगुको प्रकोपको कारणले उत्पन्न भएको संकटको समयमा आवश्यक स्वास्थ्य सेवाको पहुँच सबै नागरिकमा पु¥याउने उद्देश्यका साथ प्रराम्भिक लक्षण देखिएका सम्पुर्ण व्यक्तिलाई चिकित्सकको सल्लाह बमोजिम आबुँखैरेनी अस्पतालमा निशुल्क परिक्षण र लक्षित वर्गलाई निशुल्क उपचार सेवा उपलब्ध गराईने जनाएको छ ।

आबुँखैरेनी अस्पतालका अध्यक्ष एवं आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गरिव तथा विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, वेवारिसे, असाहय, साहारा विहन अशक्त, अपाङ्गता तथा जेष्ठ नागरिकलाई निशुल्क उपचार सेवा दिइने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल