बन्दिपुरका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई डेंगु सम्बन्धि सचेतना

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन २८

बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई डेङ्गु रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको छ । उक्त कार्यक्रममा डेंगु तथा अन्य मौसमी रोगहरुको बारेमा जानकारी दिई उक्त रोगबाट बच्ने उपायहरुको बारेमा अभिमुखीकरण गरिएको बन्दिपुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले डेंगु तथा अन्य मौसमी रोगहरुको बारेमा सबै नागरिकलाई जानकारी गराउनु पर्ने र यसबाट बच्ने उपायहरुको बारेमा पनि सिकाउनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु र अस्पताल तथा स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बन्दिपुर अस्पतालका डा.सवना मियाले डेंगु रोगको बारेमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमख किरण श्रेष्ठले गरेका थिए ।

उक्त कार्यक्रममा डेंगु रोग सम्बन्धि पूर्व तयारी साथै लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौ अभियान पालिका स्तर, वडा स्तर र टोल टोलमा सनचालन गर्ने निर्णय गरिएको स्वास्थ्य शाखाका प्रमुख श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले