काठमाडौं, साउन २९
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लाग उपकेन्द्र खोल्ने घोषणा गरेका छन् । बिश्व अङ्गदान दिवसका अवसरमा भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनकि गरेको कार्ययोजनामा यो बिसय समेटिएको बताए ।
‘मानव अङ्गदानका लागी सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्’, मन्त्री पौडेलले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालनि हुनेछ ।’ ‘यस केन्द्रले मात्र देशैभर सेवा दिन सक्दैन’, उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौ ।’ मन्त्री पौडेलले कोशीमा छट्टै उपकेन्द्र खुल्ने जानकारी दिंदै अरु प्रदेशमा पनि छिटै काम थाल्ने गरी तयारी अघि बढिरहेको बताए ।
सीमित जनशक्ति, पूर्वाधार र श्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ती र श्रोतलाई अधिक सक्रिय बनाएर जनतालाई बढी लाभ दान गरी काम गर्ने प्रतबिद्धता जनाए । भक्तपुरस्थति केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यबिनायकमा स्थानान्तरणका लागी मन्त्रीपरिसदमा प्रस्ताव लैजाने बताए । ‘मैले यो कुरा स्टन्ट गर्न भनेको होइन, मन्त्री पौडेलले भने, यो आवश्यकता हो, पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थति गर्छौं ।’
मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने बिषयमा आवश्यक पहल गर्न प्रतिबद्द रहेको बताए । मन्त्री पौडेलले मानव अङ्गदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गर्नु जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा अङ्गदातालाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले पनि अङ्गदान गर्ने घोषणा गरे ।