देवघाट स्थित हरिहर आश्रममा अतिरुद्राभिषेक महोत्सव आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, साउन २९

देवघाट गाउँपालिका ५ स्थित देवघाटधाममा रहेको हरिहर सन्यास आश्रममा सोमबारदेखी अतिरुद्राभिषेक महोत्सव सन्चालन भईरहेको छ । हरिहर सन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल विद्यापिठको आयोजनामा भएको उक्त अतिरुद्री साउन ३२ गतेसम्म चल्नेछ ।

हरिहर सन्यास आश्रमका अध्यक्ष एवं पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती र एवं उपाध्यक्ष विवेकानन्द सरस्वतीको पावन सान्निध्यमा उक्त अतिरुद्राभिषेत्र आयोजना गरिएको हो । उक्त अतिरुद्रीको संकल्पकर्ता भने स्वामी मित्रानन्द सरस्वती रहेका छन् ।

 

राष्ट्रकल्याण, देशमा शान्ति तथा समस्त जीवजन्तुको संरक्षणको कामना सहित उक्त अतिरुद्री आयोजना गरिएको हो ।
भगवान शंकरलाई जलधारा अभिषेक गरेमा देश तथा समस्त जिवजगतमा शान्ति मिल्ने विश्वासका साथ उक्त अतिरुद्री आयोजना गरिएको हरिहर सन्यास आश्रम देवघाटका व्यवस्थाक प्रमुख एवं परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सचितानन्द सरस्वतीले बताए ।

उक्त अतिरुद्री महोत्सवमा १ सय ६२ ब्राह्मणहरूले वरणीय गरेर मन्त्रोच्चारण गरिरहेका छन् । रुद्रीहरुमा अतिरुद्रीलाई सबैभन्दा उत्तम र ठुलो मानिन्छ । १३१ जना ब्राह्मणले ११ महारुद्री गरेमा त्यसलाई अतिरुद्री भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त