देवघाट स्थित हरिहर आश्रममा अतिरुद्राभिषेक महोत्सव आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, साउन २९

देवघाट गाउँपालिका ५ स्थित देवघाटधाममा रहेको हरिहर सन्यास आश्रममा सोमबारदेखी अतिरुद्राभिषेक महोत्सव सन्चालन भईरहेको छ । हरिहर सन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल विद्यापिठको आयोजनामा भएको उक्त अतिरुद्री साउन ३२ गतेसम्म चल्नेछ ।

हरिहर सन्यास आश्रमका अध्यक्ष एवं पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती र एवं उपाध्यक्ष विवेकानन्द सरस्वतीको पावन सान्निध्यमा उक्त अतिरुद्राभिषेत्र आयोजना गरिएको हो । उक्त अतिरुद्रीको संकल्पकर्ता भने स्वामी मित्रानन्द सरस्वती रहेका छन् ।

 

राष्ट्रकल्याण, देशमा शान्ति तथा समस्त जीवजन्तुको संरक्षणको कामना सहित उक्त अतिरुद्री आयोजना गरिएको हो ।
भगवान शंकरलाई जलधारा अभिषेक गरेमा देश तथा समस्त जिवजगतमा शान्ति मिल्ने विश्वासका साथ उक्त अतिरुद्री आयोजना गरिएको हरिहर सन्यास आश्रम देवघाटका व्यवस्थाक प्रमुख एवं परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सचितानन्द सरस्वतीले बताए ।

उक्त अतिरुद्री महोत्सवमा १ सय ६२ ब्राह्मणहरूले वरणीय गरेर मन्त्रोच्चारण गरिरहेका छन् । रुद्रीहरुमा अतिरुद्रीलाई सबैभन्दा उत्तम र ठुलो मानिन्छ । १३१ जना ब्राह्मणले ११ महारुद्री गरेमा त्यसलाई अतिरुद्री भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।