एमाले देवघाट–५ को अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, साउन ३०

नेकपा एमाले देवघाट गाउँ कमिटि वडा नम्बर ५ को दोश्रो अधिबेशन बुधबार देवघाट सिटि हलमा सम्पन्न भएको छ । उक्त अधिवेशनको नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य प्रतापलाल श्रेष्ठले उद्घाटन गरे ।

सो कार्यक्रममा एमाले केन्द्रीय सल्लाहाकार श्रेष्ठले आगामी निर्वाचनमा देवघाटमा एमालेले एकल रुपमा बिजयी प्राप्त गर्ने गरि काम गर्नु पर्ने बताए । श्रेष्ठले एमालेको नेतृत्वमा मात्रै समृद्ध नेपालको अभियान पुरा हुने हुँदा अहिले नेपाली काँग्रेसले पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकारमा सहभागी भएको बताए ।

नेकपा एमाले वडा कमिटिका अध्यक्ष गणेश थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एमाले तनहुँ जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, गण्डकी प्रदेशका कमिटिका सदस्य एवम देवघाट गाउँकमिटिका इन्चार्ज प्रेम राना, जिल्ला कमिटिहरु केशवचन्द्र न्यौपाने, यालबहादुर गुरुङ, सदस्य सुकुलाल गुरुङ, पुर्व जिल्ला कमिटिका सदस्यहरु बावुराम अधिकारी र शिवराज पौडेल, देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिराज गुरुङ, नेकपा एमाले देवघाट गाउँकमिटिका अध्यक्ष भिमबहादुर गुरुङ, देवघाट वुद्धिजिवि परिषदका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ, अनेमसंघ देवघाटकी अध्यक्ष सावित्री न्यौपाने, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सन्चालन विष्णु मगरले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त