पहिरोले एक सातादेखी बुद्धसिंह मार्ग अवरुद्ध

Devghat Online

शेयर गरौ

दमौली, साउन ३०

बुद्धसिंह मार्ग स्थित तनहुँको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरो जाँदा उक्त मार्ग एक सातादेखि पूर्ण रूपमा अवरुद्ध छ । गत साता गएको पहिरोले उक्त मार्ग पुर्णरुपमा अवरुद्ध हुँदा सर्वसाधरणहरु मारमा परेका छन् ।

उक्त मार्गको ढाप सहित अन्य स्थानमा पनि पहिरो गएको स्थानीय सेतीगंगा आधारभुत विद्यालयका प्रअ सिद्धान्त गर्जामगरले बताए । पहिरोले सवारीसाधन सञ्चालन नहुँदा बन्दिपुर गाउँपालिकाको वडा नम्बर ६ को खहरे, त्यस्तै देवघाट गाउँपालिका र आबुँखैरेनी गाउँपालिकाका केही वडाका सर्वसाधरण मारमा परेको गर्जामगरले बताए । यसअघि पनि वर्षाका वेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरो जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो ।

‘एक सातादेखि बाटो अवरुद्ध भएर सवारीसाधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ,’ गर्जामगरले भने, ‘पहिरोको समस्या हरेक वर्ष वर्षाको समयमा हुन्छ ।’ पहिरोको कारण यातयात सन्चालन नहुँदा विरामी परेका व्यक्तिहरु, बृद्धबृद्धा र बालबालिका अझबढि मारमा परेको उनले बताए । विद्यालय पहिरोले जाने बालबालिकाहरु पनि मारेमा परेका छन् ।

 

स्थानीयवासीले बुधबार विहान मानिस हिँडडुल गर्न मिल्ने गरी राजमार्गका केही पहिरो सफा गरेका छन् । बुधबार बिहान स्थानीयले पहिराले खसेको ढुंगा पन्छाएर हिँडडुल गर्न मिल्ने बाटो बनाएको मगरले बताए ।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त खण्डलाई लिने गरिएको छ । उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल सम्पन्नपश्चात् बाटो छोटिन्छ ।

पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वी राजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो दूरी पर्ने स्थानीय सिद्धान्त मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु