ऋषिङमा चिया खेती

Devghat Online

शेयर गरौ

दमौली, साउन ३१

ऋषिङ गाउँपालिका–३ दुभुङ स्थित वडा कार्यालय नजिकैको सार्वजानिक जग्गामा चिया खेती सुरु गरिएको छ । दुभुङ भालेथुम्की स्थित १ सय रोपनी सार्वजानिक जग्गाको केही भागमा विहिबार चियाखेती शुभारम्भ गरिएको हो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको नेतृत्वमा चियाखेती शुभारम्भ गरिएको हो ।

विहिबार करिब १५ सय चियाको विरुवा रोपिएको थियो । सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दुभुङमा चियाखेतीको लागि उपयुक्त हावापानी भएको हुँदा चियाखेतीलाई थप विस्तार गरिने बताए । चियाको उत्पादनलाई ऋषिङको गौरवको रुपमा उत्पादन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिनु थापा, वडा नम्बर ३ का वडा अध्यक्ष भिमबहादुर थापा र सदस्यहरु, नेपाली काँग्रेसका जिल्ला सदस्य मोहन गिरी, नेकपा एमालेका नेता कविराज श्रेष्ठ, स्थानीय शान्ति माविका शिक्षक तथा विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त