ऋषिङमा चिया खेती

Devghat Online

शेयर गरौ

दमौली, साउन ३१

ऋषिङ गाउँपालिका–३ दुभुङ स्थित वडा कार्यालय नजिकैको सार्वजानिक जग्गामा चिया खेती सुरु गरिएको छ । दुभुङ भालेथुम्की स्थित १ सय रोपनी सार्वजानिक जग्गाको केही भागमा विहिबार चियाखेती शुभारम्भ गरिएको हो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको नेतृत्वमा चियाखेती शुभारम्भ गरिएको हो ।

विहिबार करिब १५ सय चियाको विरुवा रोपिएको थियो । सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दुभुङमा चियाखेतीको लागि उपयुक्त हावापानी भएको हुँदा चियाखेतीलाई थप विस्तार गरिने बताए । चियाको उत्पादनलाई ऋषिङको गौरवको रुपमा उत्पादन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिनु थापा, वडा नम्बर ३ का वडा अध्यक्ष भिमबहादुर थापा र सदस्यहरु, नेपाली काँग्रेसका जिल्ला सदस्य मोहन गिरी, नेकपा एमालेका नेता कविराज श्रेष्ठ, स्थानीय शान्ति माविका शिक्षक तथा विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा