डेंगी रोगको संक्रमणबाट आफुपनि बचौं, अरुलाई पनि बचाऔं

Devghat Online

शेयर गरौ

दमौली, साउन ३२

लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोगको संक्रमण देशको बिभिन्न जिल्लाहरुमा यतिबेला व्याप्त रुपमा फैलिएको छ। ज्वरो आउने, ज्यान गल्ने, आंखाको गेडी वरपर दुख्ने, मांसपेशी एंव जोर्नीको दुखाई यसका प्राय देखिने सामान्य लक्षणहरु हुन भने पेट दुख्नु, वान्ता हुनु, वान्तामा रगत देखिनु, नाक मुख वाट रगत बग्नु, यि लक्षण सॅंगै अल्मलिन थाल्नु, डेंगी रोगको खतराको लक्षण हुन्।

सामान्यता डेंगीको पहिलो संक्रमण हुदा धेरै चिन्ताजनक समस्या देखिदैन तर यसको दोस्रो, तेस्रो लगाएतको संक्रमणमा जोखिम बढ्दै जाने हुन्छ। यस्ता बिरामीको हेलचेक्राईले बिरामीलाई क्ष्ऋग् सम्म पुर्याउन सक्छ भने केहिको मुत्यु नै हुन सक्ने सम्भावना पनि रहन्छ। तर सम्झनुपर्ने कुरा के हो भनेस मानिसमा यसको पहिलो चोटी संक्रमण हुँदा लक्षण नदेखिनपनि सक्ने हुँदा, पहिलो संक्रमण कहिले भएको थियो भन्ने जानकारी नहुन पनि सक्छ। तसर्थ कुनै पनि डेंगीको संक्रमण लाई दोस्रो संक्रमण हुन सक्ने भनेर बिषेश सतर्क हुनुपर्छ।

यसबाट कसरी बच्ने ?

मु्ख्य कुरा लामखुट्टेको टोकाई बाट बच्ने उपाए अपनाउनु जस्तै सुत्दा झुलको प्रयोग गर्ने वा कुनै कमर्सियल रिपेलेन्टको प्रयोग गर्ने वा घरमा जालीको झ्याल, ढोका प्रयोग सकिन्छ। तर केमिकल युक्त कमर्सियल रिपेलेन्टको प्रयोगले स्वास्थ्यमा अन्य हानी गर्ने हुदा झुलको प्रयोग गर्नु नै उत्तम उपाय हो।

दोस्रो, लामखुट्टेको प्रजनन नै कम गराउने उपायहरु अपनाउ सकिन्छ जस्तैस सामान्यता डेंगी फैलाउने लामखुट्टेले लामो समयसम्म जम्मा भएर बसिरहने फोहेर पानी जस्तैस घर वरिपरीको खाल्टो, नाली, थोत्रो फालिएका टायर, फालिएका कवाडी भाडा वा सामानहरुमा जम्मा भएर बसेको पानी, प्रयोग नभएको ट्वाईलेट, लामो समयसम्म घरमै स्टोरेज गरेर राखिएको पानी लगाएतको जमेर बस्ने पानीमा प्रजनन गर्ने गर्छ। तसर्थ घर वरिपरी पानी जमेर बस्ने खालको खाल्टो पुर्ने, कुनै पनि स्रोतमा पनि जमेर बस्न नदिएर लामखुट्टोको प्रजज घटाउनु पनि डेंगी रोकथामको अर्को उपाय हो।

तेस्रो, एउटा डेंगी लागेको बिरामी लाई टोकेर, अर्को ब्याक्तीमा सोही लामखुट्टेले टोक्यो भने मात्र डेंगी रोग एक व्याक्तीबाट अर्कोमा सर्ने गर्छ। तसर्थ डेंगी लागेको बिरामीले झुल प्रयोग गर्दा परिवारको अन्य सदस्यमा यसको संक्रमण रोक्न सकिन्छ। सबै डेंगी बिरामीमा लक्षण देखिन्छ नै भन्ने छैन। तसर्थ यस्तो संक्रमणकालिन समयमा जो कोहिलाई डेंगु हुन सक्ने कुरा ध्यानमा राखेर लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। बिरामी सॅंग संगै बसेर, हात मिएर, श्वास प्रश्वास बाट अर्को ब्याक्तीमा डेंगी सर्दैन। तर अहिलो कोभीडको पनि समस्या रहेको हुदा कोभिड रोकथामको उपायहरु चाही अपनाउनु पर्छ।

उपचार के गर्ने ?

यो रोगकै लागी मुख्य औषधी त छैन तर यसका विभिन्न उपचार पद्दती चाही उपलव्ध छन। “सामान्यता औषधी नै बनेको रहेनछ, के डाक्टरलाई लाई देखाउनु” भन्ने खालको धारणा बनाउन हुदैन। डेंगीको लक्षण भए कम्तिमा एकपल्ट आफ्नो समस्या लिएर डाक्टरको परामर्श लिनुपर्छ। उपचारको नाममा बजारमा चलेको हल्लाहरुलाई, हल्लाकै रुपमा लिनुहोला। यस्ता कुराहरुले स्वास्थ्यमा अन्य असरहरु गर्न सक्छन।

तपाई डेंगी लागेर वा डेंगीसॅंग मिल्दो जुल्दो लक्षण लिएर घरमै आराम गर्नुभएको छ भने, घरमै ब्लड प्रेसर भने नियमित रुपमा जाच्नुपर्छ, ब्लड प्रेसर कम भएको खण्डमा तुरुन्त अस्पताल गई डाक्टर सॅंग परामर्श लिनुपर्छ।
डेंगीसॅंग नआत्तीनुस, हेलचेक्रई नगरौ। आफु बाचौ, सबैलाई बचाऔ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसको प्रशासकीय भवन निर्माणको लागि सम्झौता

दमौली, कार्तिक १३ व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुने प्रशासकीय भवन निर्माणका लागि

बन्दिपुरमा सयपत्री फूलको व्यवसायी खेती, बजार व्यवस्थापनको मुख्य समस्या

दमौली, कार्तिक १३ बन्दिपुर गाउँपालिका–५ का थुम्काका कृषक तामप्रसाद भट्टले सयपत्री फूलको व्यवसायीक खेती गरेका