छाब्दी बाराही मन्दिरमा शनिबारबाट नियमित पुजा

Devghat Online

शेयर गरौ

दमौली, भदौ १

व्यास नपा–१४ छाब्दीमा रहेको तनहुँकै प्रसिद्ध छाब्दी बाराही मन्दिरमा भदौ १ गते शनिबारबाट नियमित पुजा सुरु भएको छ । साउन महिनाभर बन्द रहेको उक्त मन्दिरमा भदौ १ बाट नियमित पुजा सुरु भएको हो ।

मत्स्य अवतार देवीको रुपमा पुजिने छाब्दि वाराही मन्दिरमा मत्स्य अवतार वाराही देवी श्रावण महिना भरि गुफा बस्ने हुदा यस मन्दिरमा श्रावण महिना भरि पुजा बन्द हुने छाब्दी बाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले बताए । साथै उक्त मन्दिरमा हरेक एकादशी र औशी मा पनि पुजा बन्द हुने गर्दछ ।

छाब्दी बाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पुरा हुने जनविश्वास छ । तीर्थालुरुले मन्दिर क्षेत्रमा कुखुरा र बोका तथा पन्चबलि चढाउँछन् । यहाँ मगर समुदायका पूजारीले सेवा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ