दमौली, भदौ १
व्यास नपा–१४ छाब्दीमा रहेको तनहुँकै प्रसिद्ध छाब्दी बाराही मन्दिरमा भदौ १ गते शनिबारबाट नियमित पुजा सुरु भएको छ । साउन महिनाभर बन्द रहेको उक्त मन्दिरमा भदौ १ बाट नियमित पुजा सुरु भएको हो ।
मत्स्य अवतार देवीको रुपमा पुजिने छाब्दि वाराही मन्दिरमा मत्स्य अवतार वाराही देवी श्रावण महिना भरि गुफा बस्ने हुदा यस मन्दिरमा श्रावण महिना भरि पुजा बन्द हुने छाब्दी बाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले बताए । साथै उक्त मन्दिरमा हरेक एकादशी र औशी मा पनि पुजा बन्द हुने गर्दछ ।
छाब्दी बाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पुरा हुने जनविश्वास छ । तीर्थालुरुले मन्दिर क्षेत्रमा कुखुरा र बोका तथा पन्चबलि चढाउँछन् । यहाँ मगर समुदायका पूजारीले सेवा गर्दै आएका छन् ।