होमस्टे परिचयः बाटोको कारण ६ महिना पाहुना पुग्नै सक्दैनन् करादिप होमस्टे

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ३

देवघाट गाउँपालिका वडा नम्बर २ मा रहेको कराँदिप सामुदायिक होमस्टे पाहुनाको पखाईमा रहेको छ । २०७५ सालमा दर्ता भई सन्चालन आएको उक्त होमस्टे स्थापनाको छोटो समयमै लोकप्रिय बनेपनि पछिल्लो समय सडकको असहजताको कारण ओझेलमा पर्न थालेको छ ।

२० घर मगर समुदायले सन्चालन गरेको उक्त होमस्टेमा गाउँको मगर समुदायको रिति रिवाज भेष, भुसा रहनसहन संस्कार संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्दै सन्चालन गरिएको छ । पहिलो पटक उक्त होमस्टेमा पुग्ने जो कोही पाहुनालाई यहाँको अर्गानिक लोकल खाना तथा यहाँको संस्कृतिले लोभ्याउने देवघाट गाउँपालिका वडा नम्बर २ का वडा सदस्य एवं करादिप होमस्टेका अध्यक्ष युवराज मगरले बताए ।

होमस्टेमा मगर समुदायका परिकारको स्वाद लिन तथा मगर जातीको कला र संस्कृतिसँग रमाउन पाईन्छ । पाहुनालाई आकर्षण गर्ने खुबी भएपनि यातयातको असहजताको कारण उक्त होमस्टेसम्म पुग्न नै माहाभारत हुने गरेको छ । उक्त होमस्टेसम्म पुग्ने कच्ची सडक हिउँदमा धुलो हुने र अहिले वर्षायाममा हिलोकारण कारण यातयात चलाउन निकै गाह्रो हुने वडा सदस्य मगरले बताए ।

धुले र हिलेबाटोको कारण होमस्टेलाई व्यवसायीक रुपमा सन्चालन गर्न निकै समस्या परेको मगरले बताए । ‘अहिलेसम्म जति जना पाहुना आउनु भयो, सबैले निकै राम्रो भनेर प्रशंसा गर्नु भएको छ’ वडा सदस्य मगरले भने ‘तर नयाँ आउने पाहुनलाई बाटो नै निकै समस्या हुने गरेको छ ।’

वर्षाको कारण बाटो अवरुद्ध हुँदा जेठ देखी असोजसम्म होमस्टेमा कुनै पनि पाहुना पुग्न सक्दैनन् । उक्त होमस्टेसम्म पुग्ने बाटोको स्तरोन्नतीको लागि वडा कार्यालय र गाउँपालिकाको कार्यालसँग पर्याप्त बजेट माग गरेपनि पाउन नसकेको वडा सदस्य मगरले बताए । ‘आफू वडा सदस्य भएता पनि पर्याप्त बजेट पार्न सकेको छैन’ उनले भने ‘वडामा आउने थोरै बजेट सबै टोलमा बाड्नु पर्दा बजेट कनिका छरेको झैं भएको छ ।’ उक्त होमस्टेसम्म पुग्ने बाटोको लागि नरम देखि करादिप सम्म जोड्ने नयाँ ट्रयाकलाई प्राथामिकता दिन गन्डकी प्रदेश सरकारसँग माग गरिएको उनले बताए ।

देवघाट गाउँपालिकामा होमस्टे खुल्ने क्रम बढेको छ । घरलाई नै सिँगारेर पाहुनालाई बास दिन स्थानीय अग्रसर बनेका छन् । देवघाट गाउँपालिकामा वडा नम्बर १ को गोपीटार, २ को करादिप सहित खाल्टे र कोटबैदी, ४ को काफलडाँडामा तथा ५ को देवपुरमा होमस्टे सन्चालनमा रहेका छन् । ति मध्ये गोपीटार र करादिप होमस्टे पर्यटकको रोजाईमा परेको गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्थले बताए । ति सबै होमस्टेमा डेढो, अर्गानिक तरकारी, लोकल माछा, कुखुरा, हाँस बढी खपत हुन्छ ।

देवघाट गाउँपालिका होमस्टे प्रवद्र्धनमा जुटेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । गाउँपालिकाका क्षेत्रलाई धार्मिक र सांस्कृतिक पर्यटनका रुपमा विकास गर्न लागेको अध्यक्ष थापाले बताए । ‘देवघाट धार्मिक पवित्रधामका रुपमा चिनिएको छ, जनजातिको बसोबास पनि छ’, अध्यक्ष थापाले भने, ‘५ वटै वडालाई समेटेर एकिकृत पर्यटन विकासको काम भइरहेको छ ।’

सामुदायिक वन महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सप्तगण्डकी र कालिगण्डकी नदीले घेरिएको देवघाट क्षेत्र प्राकृतिक रुपमा रमणीय रहेको बताउँछन् । ‘तराईदेखि हिमालसम्मको हावापानी एउटै गाउँपालिकामा पर्छ’, उनले भने, ‘पर्यटक भित्राउने प्रवल सम्भावना छ, हरेक वडाहरु घुम्न लायक छन् ।’ होमस्टेलाई व्यवस्थित गरेर सञ्चालन गरेमा पर्यटक चहलपहल बढ्ने न्यौपानेले बताए । ‘अर्गानिक उत्पादन बढी छ, खपत पनि हुन्छ, बजारीकरण पनि हुन्छ’, उनले भने, ‘पर्यटन लक्षित कार्यक्रम मार्फत स्वरोजगारको वातावरण सृजना हुनेछ ।’ (सहयोगः विष्णु मगर)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको

खाल्टेमा माघे सक्रान्तिमा बृहत् सास्कृृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता हुने

विष्णु मगर । देवघाट, पुस २८ माघे सक्रान्ति पर्वको अवसरमा देवघाट गाउँपालिका–२ खाल्टेमा बृहत सांस्कृतिक