घाँसिकुवामा पहिरो, राजमार्ग अवरुद्ध

Devghat Online

शेयर गरौ

दमौली, भदौ ५

पृथ्वीराजमार्ग अन्तर्गत व्यास नपा–१२ घाँसिकुवामा पहिरो खसेको छ । बुधबार साँझ खसेको ठुलो पहिरोले राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरो पन्छाउने तयारी भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । डाँडै खसेर राजमार्ग अवरुद्ध भएको कारण उक्त पहिरो पन्छाउन धेरै समय लाग्ने अनुमान गरिएको छ ।

पहिरो खसेपछि निरिक्षणकोलागि व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने पहिरो खसेको स्थानमा पुगेका छन् ।

निरन्तरको वर्षाले पृथ्वीराजमार्गका ठाउँ ठाउँमा साना ठुला पहिरो खसेका छन् । म्याग्दे गाउँपालिका वडा नम्बर २ र २ का विभिन्न स्थानमा पहिरोखसेपछि राजमार्ग एकतर्फी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो