देवघाटमा सवारी चेकजाँचमा कडाई, चालक अनुमती पत्र र कागजात नबोक्नेहरु कारवाहीमा

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ ५

देवघाट गाउँपालिकामा पछिल्लो समयमा सवारी चेकजाँचमा कडाई गरिएको छ । ट्राफिक प्रहरी पोष्ट देवघाटका ट्राफिक प्रहरीले देवघाट प्रवेश गर्ने हरेक सडकमा प्रत्येक दिन जसो चेकजाँच गरिरहेका हुन्छन् ।

देवघाट ट्राफिक प्रहरी पोष्टमा गत महिना ट्राफिक प्रहरी हवल्दार खिमलाल पन्थी सरुवा भएर आएपछि उनको नेतृत्वमा देवघाटमा सवारी चेकजाँचमा कडाई गरिएको हो ।

ट्राफिकको चेकजाँच बढेपछि केही दिन देवघाटमा सवारी चालक अनुमतीपत्र नबोक्ने र सवारी साधनको कागजात नभएकाहरु कारवाहीमा पर्न थालेका छन् । केही महिना अघि ट्राफिक प्रहरी हवल्दार बुद्धिकुमार महतोको कार्यकालमा पनि देवघाटमा सवारी चेकजाँचमा कडाई गरिएको थियो तर उनको सरुवा भएपछि पुनः ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या बढ्न थालेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी हवल्दार पन्थीको नेतृत्वमा पुनः सवारी चेकजाँचलाई कडाई गरिएको हो ।

कागजात नबोक्ने तथा सवारी नियम उल्लंघन गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी हवल्दार पन्थीले बताए । कारवाहीको लागि भन्दा पनि सवारी नियम पालना गराउन र यात्रु तथा सवारी साधनको सुरक्षाकोलागि चेकजाँच भईरहेको पन्थीले बताए । सबैले सवारी नियम पालना गरेमा कोही पनि कारवाहीमा नपर्ने उनले बताए ।

देवघाट जोड्ने दासढुङ्गाको पुल र ठिमुराको पुलको क्षेत्रमा ट्राफिक प्रहरीले आफ्नो चेकजाँचलाई कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले