डेंगु नियन्त्रण र रोकथामका लागि देवघाटमा अभिमुखीकरण

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ६

डेंगु नियन्त्रण र रोकथामका लागि देवघाट गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिकाको सभाहलमा विहिबार डेंगु रोग नियन्त्रण तथा रोकथामको बारेमा अभिमुखीकरण र अन्तरक्रिया आयोजना गरिएको हो ।

वडा नम्बर ५ का अध्यक्ष पूर्णबहादुर कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटमा डेंगुको संक्रमण देखिएको हुँदा यस रोगलाई नियन्त्रण र रोकथामको लागि सबै नागरिकहरु सचेत बन्नु पर्ने बताए ।

उक्त कार्यक्रमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले डेंगु नियन्त्रण र रोकथामको लागि लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्नु पर्ने र यसकोलागि पूर्व तयारी तथा सरोकारवालाहरूलाई अभिमुखीकरण गर्नु पर्ने बताए ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, वडा सदस्यहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु तथा अन्य विभिन्न शाखाका कर्मचारी तथा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । पछिल्लो तथ्यांक अनुसार देवघाट गाउँपालिकाका ३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक