तनहुँका ९ पालिकामा फैलियो डेंगु

Devghat Online

शेयर गरौ

दमौली, भदौ ६

तनहुँका ९ वटा स्थानीय तहमा डेंगु फैलिएको छ । स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्यांक अनुसार तनहुँको घिरिङ गाउँपालिका बाहेक अन्य सबै पालिकामा डेंगु फैलिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार विहिबार साँझसम्म तनहुँ जिल्लाभर डेंगु संक्रमितको संख्या १३४४ पुगेको छ । जसमा सबैभन्दा धेरै ९८८ जना आबुँखैरेनी गाउँपालिकाका रहेका छन् ।

त्यसैगरि शुक्लागन्डकीमा १४९, व्यासमा १०८ र बन्दिपुरमा ७२ जनामा डेंगु संक्रमण भएको छ । त्यसैगरि भानु नगरपालिकामा ८, म्याग्देमा ८, भिमादमा ५, ऋषिङमा ३ र देवघाट गाउँपालिकामा ३ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध