शुक्लागन्डकी र म्याग्दे विच स्थानीय साझेदारी कार्यक्रममा सम्झौता

Devghat Online

शेयर गरौ

दमौली, भदौ ६

तनहुँको शुक्लागन्डकी नगरपालिका र म्याग्दे गाउँपालिका विच स्थानीय साझेदारी कार्यक्रम सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा शुक्लागन्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ विच विहिबार शुक्लागन्डकी नगरपालिकामा हस्ताक्षर भयो ।

खासगरि सुर्यनेपाल प्रालिले गत असार १६ गते शुक्लागन्डकी नगरपालिकालाई हस्तान्तरण गरेको दमकल आवश्यकता परेको खन्डमा म्याग्दे गाउँपालिकाले पनि प्रयोग गर्ने विषयमा विभिन्न सर्तहरुमा रहेर दुई पालिका विच सम्झौता भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त कार्यक्रममा शुक्लागन्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे तथा म्याग्दे गाउँपालिकाको तर्फबाट उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारी, वडा नम्बर २ का अध्यक्ष शिवबहादुर रानाभाट, वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारी, वडा नम्बर ४ का अध्यक्ष दिपक श्रेष्ठ, वडा नम्बर ६ की वडा सदस्य अनु महत श्रेष्ठ, इन्जिनियर शिव ज्ञवाली, योजना अधिकृत श्रीराम खनाल, प्रशासन शाखाका प्रमुख इन्द्र खनाल, सुचना प्रविधि अधिकृत आकाश गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध