स्थानीय तह संस्थागत स्वमुल्यांकन (लिजा) को नतिजामा देवघाट तनहुँका स्थानीय तह मध्ये नवौं स्थानमा

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ६

स्थानीय तह संस्थागत स्वमुल्यांकन (लिजा) को अन्तिम नतिजा अनुसार देवघाट गाउँपालिका तनहुँका १० स्थानीय तह मध्ये नवौं स्थानमा परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहिबार सार्वजानिक गरेको नतिजा अनुसार देवघाटले ५९.७५ अंक प्राप्त गरेको छ । दशौं स्थानमा भने घिरिङ गाउँपालिकाले ५५.५० अंक प्राप्त गरि घिरिङ गाउँपालिका रहेको छ ।

१० वटा सुचकहरु मध्ये देवघाट गाउँपालिकाले शासकिय प्रबन्धमा ७, संगठन तथा प्रशासनमा ४.५, वार्षिक बजेट योजना तर्जुमा तथा व्यवस्थापनमा ४, वित्तिय एवं आर्थिक व्यवस्थापनमा ८.५, सेवा प्रवाहमा १०.७५, न्यायिक कार्य सम्पादनमा ४.५, भौतिक पुर्वाधारमा ७.५, सामाजिक समावेशीकरणमा ७ र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ अंक प्राप्त गरेको छ ।

लिजाको नतिजा अनुसार आबुँखैरेनी गाउँपालिका तनहुँका स्थानीय तहमध्ये प्रथम भएको छ । आबुँखैरेनीले विभिन्न सुचकहरुमा कुल ८५.७५ अंक प्राप्त गरेको छ । त्यसैगरि ८४.७५ अंक प्राप्त गरि म्याग्दे गाउँपालिका दोश्रो भएको छ ।

लिजाको नतिजा अनुसार व्यास नगरपालिकाले ८२.५० अंक प्राप्त गरेको छ भने शुक्लागन्डकी नगरपालिकाले ७२, भिमाद नगरपालिकाले ६३.७५, ऋषिङ गाउँपालिकाले ६२.२५, बन्दिपुरले ६१.५०, भानु नगरपालिकाले ५५.७५ र घिरिङ गाउँपालिकाले ५५.५० अंक प्राप्त गरेको छ ।

स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरि शासकीय प्रक्रिया र विकास व्यवस्थापन गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार विच स्वस्थ प्रतिश्पर्धाको भावना विकास गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन को नतिजाको गुणस्तर परिक्षणको कार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सम्पन्न गरि नतिजा सार्वजानिक गरिएको मन्त्रालयले जनाएको छ ।

स्वमुल्यांकनको लागि शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा क्षेत्र र त्यसमा फरक फरक पूर्णांक तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले