मिस नेपाल इन्टरनेशनल राउत र स्वास्थ्यमन्त्री पौडेलको भेट

Devghat Online

शेयर गरौ

काठमाडौँ, भदौ ७

मिस नेपाल इन्टरनेशनल २०२४, करुणा राउतले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरी प्रजनन् स्वास्थ्यका विषयमा छलफल गरेकी छन् ।

पुलचोकस्थित मन्त्री निवासमा भएको भेटमा राउतले ग्रामीण क्षेत्रमा महिलाको प्रजनन् स्वास्थ्यका क्षेत्रमा आफूले गर्न लागेको कामबारे जानकारी गराएकी थिइन् ।

राउत दुई महिनापछि जापानमा आयोजना हुन लागेको मिस इन्टरनेशनलमा भाग त्यसतर्फ जाँदै छिन् । त्यसअघि उनले दिगो विकासका लक्ष्यअन्तर्गत ब्यूटी विथ प्रपोज विधामा नेपालको दुर्गममा महिलाको प्रजनन् स्वास्थ्यका विषयमा सेवामूलक कार्यक्रमको तयारी गरेकी छन् ।

भेटका क्रममा स्वास्थ्यमन्त्री पौडेलले राउतले सुरु गर्न लागेको उक्त कार्यक्रमका लागि शुभकामना दिँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री पौडेल र राउत दुवै तनहुँबासी हुन् । अष्ट्रेलियामा रजिस्टर्ड नर्स राउत हालै सम्पन्न मिस नेपाल प्रतियोगितामा भाग लिन स्वदेश फर्केकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि