मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो

Devghat Online

शेयर गरौ

चितवन, भदौ ७

चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १स्५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको छ । उनीहरु सबैको अवस्था सामान्य छ ।

यसअघि मुग्लिन–नारायणगढ सडकखण्डमा निजी कार र सार्वजनिक माइक्रो बसमा पनि ढुंगा खसेर लागेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू