श्रीकृष्ण जन्माष्टमीमा देवघाट स्थित श्रीकृष्ण कृपाधाममा विभिन्न कार्यक्रम गरिने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ८

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देवघाट स्थित श्रीकृष्ण कृपाधाम (प्राणनाथ सेवा आश्रम)मा विभिन्न कार्यक्रम गरिने भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति देवघाट, श्रीकृष्णप्रणामी युवा समिति देवघाट र श्रीकृष्णप्रणामी बाइजुराज महिला समिति देवघाटको आयोजनामा दुई दिनसम्म श्रीकृष्ण जन्मोत्सवको अवसरमा आश्रमकी संरक्षक श्री १०८ तारा माताजीको सान्निध्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

श्रीकृष्ण जन्मोत्सवको अवसरमा भदौ १० र ११ गते देवघाट गाउँपालिका–५ मा रहेको श्रीकृष्ण कृपाधाममा विविध कार्यक्रम आयोजना गरिएको हो । भदौ १० गते विहान ८ देखी ११ बजेसम्म चितवन मोडल अस्पतालका नाक, कान घाँटी, मुटुरोग तथा हाडजोर्नी सम्बन्धि विशेषज्ञ चिकित्सकहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरिएको छ ।

स्वास्थ्य शिविर पश्चात साँझ ५ बजेसम्म कृष्ण भजन, श्रीकृष्ण प्राकट्य विषेश कार्यक्रक, सन्ध्या आरती लगायत विविध प्रतियोगितात्मक कार्यक्रमहरु हुने छन् । त्यसैगरि भदौ ११ गते नन्द उत्सव तथा बृहत रथ यात्रा तथा मट्का फुटाउने प्रतियोगिता हुने कृपाधामले जनाएको छ ।

श्रीकृष्ण जन्मोत्सवको अवसरमा हुने उक्त दुई दिवसिय कार्यक्रममा सम्पुर्ण धर्मावलम्बी, श्रद्धालु भक्तजनहरुलाई स्वास्थ तथा आध्यात्मिक लाभ लिन समेत मन्दिर परिवारले आमन्त्रण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना