तनहुँमा डेंगु संक्रमितको संख्या १५७७

Devghat Online

शेयर गरौ

दमौली, भदौ ९

तनहुँमा डेंगु संक्रमितको संख्या १५७७ पुगेको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँका ९ वटा स्थानीय तहमा डेंगु फैलिएको छ । स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्यांक अनुसार तनहुँको घिरिङ गाउँपालिका बाहेक अन्य सबै पालिकामा डेंगु फैलिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार विहिबार साँझसम्म तनहुँ जिल्लाभर डेंगु संक्रमितको संख्या १५७७ पुगेको छ । जसमा सबैभन्दा धेरै ११५१ जना आबुँखैरेनी गाउँपालिकाका रहेका छन् । त्यसैगरि शुक्लागन्डकीमा १६८, व्यासमा १३७ र बन्दिपुरमा ८९ जनामा डेंगु संक्रमण भएको छ ।

त्यसैगरि भानु नगरपालिकामा ९, म्याग्देमा ११, भिमादमा ६, ऋषिङमा ३ र देवघाट गाउँपालिकामा ३ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध