दमौली, भदौ ९
तनहुँमा डेंगु संक्रमितको संख्या १५७७ पुगेको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँका ९ वटा स्थानीय तहमा डेंगु फैलिएको छ । स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्यांक अनुसार तनहुँको घिरिङ गाउँपालिका बाहेक अन्य सबै पालिकामा डेंगु फैलिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार विहिबार साँझसम्म तनहुँ जिल्लाभर डेंगु संक्रमितको संख्या १५७७ पुगेको छ । जसमा सबैभन्दा धेरै ११५१ जना आबुँखैरेनी गाउँपालिकाका रहेका छन् । त्यसैगरि शुक्लागन्डकीमा १६८, व्यासमा १३७ र बन्दिपुरमा ८९ जनामा डेंगु संक्रमण भएको छ ।
त्यसैगरि भानु नगरपालिकामा ९, म्याग्देमा ११, भिमादमा ६, ऋषिङमा ३ र देवघाट गाउँपालिकामा ३ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।