बन्दिपुरको खहरेमा एक घर एक धारा योजना सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, भदौ ९

बन्दिपुर गाउँपालिका–६ खहरेटारमा एक घर एक धारा योजना पुरा भएको छ । खहरे स्थित गाउँपाखो खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा खहरेका ६२ घरधुरीमा खानेपानी धारा जडान गर्न सफल भएको अवसरमा शनिबार योजना उद्घाटन कार्यक्रम आयोजना गरियो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले खानेपानी र सरसफाईलाई प्राथमिकताका साथ योजना सम्पन्न गर्नु पर्ने बताए । बन्दिपुर गाउँपालिकाले एक घर एक धाराको अभियान सन्चालन गरेको भन्दै अध्यक्ष थापाले उक्त योजना अनुसार खहरेमा एक घर एक धारा अभियान पुरा भएको बताए ।

Exif_JPEG_420

गाउँपाखो खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको एक घर एक धारा अभियान समन्वय समितिका संयोजक सिद्धान्त गर्जा मगरको अध्यक्षतामा सम्पन्न सो उद्दघाटन कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमदबहादुर राना, बन्दिपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङ, जगदिश्वर आधारभुत विद्यालय विमलनगरका प्रअ रामविलास पोख्रेल, नेपाल मगर संघ तनहुँका उपाध्यक्ष एचवि थापा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गन्डकी प्रदेश सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत ६० लाख रुपैयाँमा उक्त एक घर एक धारा योजना पुरा भएको संयोजक गर्जामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक