बन्दिपुरमा सर्वाधिक पुरस्कार रासीको तीज गीत प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

बिजेता टिमले १ लाख नगद पुरस्कार पाउने

बन्दिपुर, भदौ १०

पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा सर्वाधिक पुरस्कार रासीको तीज गीत प्रतियोगिता हुने भएको छ । तीज सप्ताहन्न उत्सव–२०८१ मुल आयोजक समितिको आयोजनामा आगामी भाद्र १५ गते २२ गतेसम्म बन्दिपुरमा तीज गीत प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताबारे जानकारी दिन आइतबार बन्दिपुरमा आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक सतिका संयोजक एवं बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रबन्ध निर्देशक किरण पोख्रेलले बन्दिपुरलाई देश भित्र मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि परिचति गराउने मुख्य उद्देश्यले तीज सप्ताहन्न उत्सव आयोजना गरिएको बताए ।

बन्दिपुर गाउँपालिका मुख्य संरक्षक रहेको उक्त प्रतियोगितामा बन्दिपुरमा क्रियाशिल संघ संस्थाहरु बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दिपुर, उद्योग वाणिज्य संघ बन्दिपुर इकाई, रेवान जिल्ला एसोसियसन, बन्दिपुर गाउँपालिका पर्यटन एवं संस्कृति शाखा, सामुदायिक होमस्टे महासंघ बन्दिपुर, आरकेडी महिला उद्यमशिल क्लव तथा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा उक्त प्रतियोगिता तथा तीज सप्ताहन्न उत्सव आयोजना गरिएको हो ।

उक्त साताव्यापी कार्यक्रम अन्तर्गत हरेक दिन बन्दिपुरका विभिन्न जात जातीका सांस्कृतिक झाँकीहरु तथा विभिन्न आमा समुह, युवा क्लव, विद्यार्थी तथा प्रतिभाहरु प्रस्तुत हुनेछन् । त्यसैगरि प्रतियोगिता अवधिभर हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरु प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोईराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, रेशम निर्दाेष, सुनीता नेपाली, शान्ति डोटेल, सीता परियार लगायत अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।

प्रतियोगितालाई छनौट चरण, क्वाटर फाईनल, सेमी फाईनल र फाइनलको चरण हुँदै बिजेता र उपबिजेता घोषणा गरिने उक्त कार्यक्रम अन्तर्गतको सांस्कृतिक संयोजक तुलसीराम खनालले जानकारी दिए । फाइनल चरणमा तीजे दोहोरी पनि सन्चालन गरिने भएको छ ।
सो प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख १ हजार र प्रमाणपत्र, दोश्रो हुने टिमलाई ७५ हजार, तेश्रो हुने टिमलाई ५० हजार तथा सान्त्वना हुने टिमलाई २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक किरण पोख्रेलले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनकोलागि टिम दर्ता २ हजार रुपैयाँ तोकिएको छ । टिम दर्ता भदौ १३ गतेसम्म बन्दिपुर गाउँपालिकाको कार्यालय, बन्दिपुर केवलकारको कार्यालय तथा मोवाइल नम्बर ९८०२८१५७९२, ९८५६०३२४७३ तथा ९८४१९४२६१६ मा फोन गरेर पनि टिम दर्ता गर्न सकिने सांस्कृतिक संयोजक पोख्रेलले बताए ।

उक्त पत्रकार सम्मेलनमा प्रतियोगिताका मुख्य संरक्षक एवं बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्रतियोगिताले बन्दिपुरको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगताले बन्दीपुरमा अवस्थित सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका मातृशक्तिरूपी देवीको प्रचार प्रसार हुने र धार्मिक पर्यटनमा समेत टेवा पुग्ने अध्यक्ष थापाले बताए । प्रतियोतिा अवधि भर कम्तीमा २० हजार हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य राखिएको अध्यक्ष थापाले बताए ।

चन्द्र निर्माण सेवा प्रालि पोखरा मुख्य प्रायोजक, डिजाइन स्टेसन प्रालि काठमाडौँ सह प्रायोजक रहने यस कार्यक्रममा दर्जनभन्दा बढी संघसंस्थाहरूले विभिन्न विधाकोलागि प्रायोजन गर्ने समेत घोषणा गरेका छन् ।

उक्त उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर ‘खड्गदेवी मन्दिर’ प्राङ्गणमा हुने छ । उक्त प्रतियोगितामा कम्तीमा ५० समुहको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतियोगिता अवधिभर बन्दीपुर केबलकारले केबलकारको सवारीमा सांस्कृतिक पर्यटकहरूको लागी विशेष छुट समेत घोषणा गरेकोछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना