श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज श्रीकृष्ण कृपाधाम देवघाटमा विभिन्न कार्यक्रम गरिदै

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १०

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देवघाट स्थित श्रीकृष्ण कृपाधाम (प्राणनाथ सेवा आश्रम) मा आज विभिन्न कार्यक्रम गरिदै छ । श्रीकृष्ण प्रणामी सेवा समिति देवघाट, श्रीकृष्णप्रणामी युवा समिति देवघाट र श्रीकृष्णप्रणामी बाइजुराज महिला समिति देवघाटको आयोजनामा आज र भोली दुई दिनसम्म श्रीकृष्ण जन्मोत्सवको अवसरमा आश्रमकी संरक्षक श्री १०८ तारा माताजीको स्वान्निध्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

श्रीकृष्ण जन्मोत्सवको अवसरमा आज भदौ १० र ११ गते देवघाट गाउँपालिका–५ मा रहेको श्रीकृष्ण कृपाधाममा विविध कार्यक्रम आयोजना गरिएको हो ।

कृष्णजन्माष्टमीमा आज विहान चितवन मोडल अस्पतालका नाक, कान घाँटी, मुटुरोग तथा हाडजोर्नी सम्बन्धि विशेषज्ञ चिकित्सकहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरिएको छ । उक्त शिविरमा सय भन्दा बढिको स्वास्थ्य परिक्षण भईसकेको छ ।

स्वास्थ्य शिविर पश्चात साँझ ५ बजेसम्म कृष्ण भजन, श्रीकृष्ण प्राकट्य विषेश कार्यक्रक, सन्ध्या आरती लगायत विविध प्रतियोगितात्मक कार्यक्रमहरु हुने छन् । त्यसैगरि भदौ ११ गते नन्द उत्सव तथा बृहत रथ यात्रा तथा मट्का फुटाउने प्रतियोगिता हुने कृपाधामले जनाएको छ ।


श्रीकृष्ण जन्मोत्सवको अवसरमा हुने उक्त दुई दिवसिय कार्यक्रममा सम्पुर्ण धर्मावलम्बी, श्रद्धालु भक्तजनहरुलाई स्वास्थ तथा आध्यात्मिक लाभ लिन समेत मन्दिर परिवारले आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त