श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज श्रीकृष्ण कृपाधाम देवघाटमा विभिन्न कार्यक्रम गरिदै

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १०

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देवघाट स्थित श्रीकृष्ण कृपाधाम (प्राणनाथ सेवा आश्रम) मा आज विभिन्न कार्यक्रम गरिदै छ । श्रीकृष्ण प्रणामी सेवा समिति देवघाट, श्रीकृष्णप्रणामी युवा समिति देवघाट र श्रीकृष्णप्रणामी बाइजुराज महिला समिति देवघाटको आयोजनामा आज र भोली दुई दिनसम्म श्रीकृष्ण जन्मोत्सवको अवसरमा आश्रमकी संरक्षक श्री १०८ तारा माताजीको स्वान्निध्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

श्रीकृष्ण जन्मोत्सवको अवसरमा आज भदौ १० र ११ गते देवघाट गाउँपालिका–५ मा रहेको श्रीकृष्ण कृपाधाममा विविध कार्यक्रम आयोजना गरिएको हो ।

कृष्णजन्माष्टमीमा आज विहान चितवन मोडल अस्पतालका नाक, कान घाँटी, मुटुरोग तथा हाडजोर्नी सम्बन्धि विशेषज्ञ चिकित्सकहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरिएको छ । उक्त शिविरमा सय भन्दा बढिको स्वास्थ्य परिक्षण भईसकेको छ ।

स्वास्थ्य शिविर पश्चात साँझ ५ बजेसम्म कृष्ण भजन, श्रीकृष्ण प्राकट्य विषेश कार्यक्रक, सन्ध्या आरती लगायत विविध प्रतियोगितात्मक कार्यक्रमहरु हुने छन् । त्यसैगरि भदौ ११ गते नन्द उत्सव तथा बृहत रथ यात्रा तथा मट्का फुटाउने प्रतियोगिता हुने कृपाधामले जनाएको छ ।


श्रीकृष्ण जन्मोत्सवको अवसरमा हुने उक्त दुई दिवसिय कार्यक्रममा सम्पुर्ण धर्मावलम्बी, श्रद्धालु भक्तजनहरुलाई स्वास्थ तथा आध्यात्मिक लाभ लिन समेत मन्दिर परिवारले आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ