डुम्रेमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन

Devghat Online

शेयर गरौ

बन्दिपुर, भदौ १३

बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारमा डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौं अभियान सञ्चालन गरिएको छ ।
बन्दिपुर गाउँपालिकामा डेङ्गु रोगको बिरामीहरू दिनदिनै बढ्दै गइरहेको पाइएपछि बन्दीपुर गाउँपालिकाले डेङ्गु रोगको नियन्त्रण र रोकथामका लागी लामखुट्टेको लार्वा खोजौ र नष्ट गरौं अभियान सञ्चालन गरेको हो ।

जस अन्तर्गत तनहूँको व्यवसायिक केन्द्र डुम्रे बजारमा विहिबार डेङ्गु रोग सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम तथा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । बन्दीपुर वडा नम्बर १ कार्यालयको आयोजनामा वडा नम्बर १ का विभिन्न टोलमा सचेतनामुलक कार्यक्रमहरू सञ्चालन भइरहेको वडा अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

डुम्रे टोल बिकास सस्थाको संयोजनमा भएको उक्त कार्यक्रममा तनहूँ उधोग वाणिज्य संघ डुम्रे बजÞार इकाई, क्षत्रिय होटल संघ डुम्रे बजÞार इकाई, डुम्रे सास्कृतिक एवं सामाजिक संरक्षण समिति, डूम्रे सास्कृतिक युवा क्लब, हरिहर महिला समूह, शिवालय आमा समूह, माछा मासू ब्याबसायी संघ डूम्रे, सुनचादी ब्याबसायी संघ डूम्रे, इलेक्ट्रोनिक्स संघ डूम्रे, लायन्स क्लब अफ तनहूँ डूम्रे, सौदर्य ब्याबसायी संघ डूम्रे, झींगूँ नेवा पूःछ डूम्रे, शसस्त्र प्रहरी बल मनकामना गण भनु, प्रहरी चौकी डुम्रे लगाएत अन्य सामजिक तथा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूको सक्रियतापुर्ण सहभागीता रहेको थियो ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले यो अभियानमा हामी सबैको भएको हुँदा सबैजनाले घर घर देखि सरसफाइमा विशेष ध्यान दिनुपर्ने, रोग नियन्त्रणका उपाय, रोगको लक्षण र उपचारका बारेमा जानकारी दिंदै सक्रियता पुर्ण सहभागी भएका सम्पूर्ण संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

स्वास्थ्य कार्यालय तनहुँको तथ्यांक अनुसार बन्दिपुर गाउँपालिकाका १०४ जनामा डेंगुको संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको