बालबालिकाको शारीरिक अपाङ्गता पहिचान तथा स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

दमौली, भदौ १३

दमौलीमा शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गताको पहिचान, स्वास्थ्य तथा पुनस्थापना शिविर हुने भएको छ । विकलाङ्ग मित्र समुह तथा अपाङ्गता बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाको आयोजना तथा तनहुँ जिल्लामा विभिन्न स्थानीय तह एवं अपाङ्गतासँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा आगामी भदौ २८ गते शुक्रबार स्वास्थ्य कार्यालय तनहुँको परिसरमा १८ वर्ष उमेर सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनस्थापना शिविर हुने भएको छ ।

शिविरमा जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर शरिरका अङ्गहरु एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो हड्डी नजोडिएको, खुट्टा लुलो र कमजोर भएको, ढाँड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाङ्ग्रो खुस्किएको तथा जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएका बालबालिकाको अपाङ्गता पहिचान र स्वास्थ्य परिक्षण हुने अपाङ्गता बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाका प्रतिनिधि शालिकराम तिमिल्सेनाले बताए ।

यसैगरि हड्डी पाकेर पिप आइरहने र हड्डीको टिवि रोग लागेको, औंलाहरु एक आपसमा टाँसिएको वा बढि भएको, शरिरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको तथा सहायक सामाग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरु एवं ओठ, तालु फाटेका, अन्य हाडजोर्नी सम्बन्धि समस्या भएका सबै बालबालिकाहरुको स्वास्थ्य परिक्षण हुने हुँदा यस्तो समस्या भएका बालबालिकालाई शिविराम ल्याउन तिमिल्सेनाले अनुरोध गरे ।

शिविरबारे जानकारी दिन विहिबार दमौलीमा छलफल कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा बोल्दै व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले यो कार्यक्रम व्यास नगरपालिकाले नै गर्नुपर्ने खालको कार्यक्रम भएको हुँदा उक्त शिविरको लागि आवश्यक सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाए । परिक्षणपछि थप उपचार गनुपर्ने आवश्यकता भएका विरामीलाई उपचारको लागि आवश्यक पर्ने रकममा केही रकम नगरपालिकाले व्यहोर्न सक्ने उपप्रमुख दरैले बताईन् ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका शिक्षा अधिकारी केदार आचार्य, अपाङ्गता अधिकारकर्मीहरु मदन पौडेल, विष्णु गौतम, सावित्री सुवेदी, सन्जु शाही, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल लगायतले शिविर महत्वपुर्ण भएको हुँदा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको