देवघाटले बोटे, चेपाङ दलित र ब्रामु समुदायको निशुल्क स्वास्थ्य विमा गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १४

तनहुँको देवघाट गाँउपालिका वडा नम्बर ५ ले बोटे, दलित, चेपाङ र ब्रामु समुदायका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

देवघाट गाँउपालिकाका ५ वटै वडामा बसोबास गर्ने सिमान्तकृत बोटे र चेपाङ सहित दलित र र ब्रामु समुदायका बासिन्दाहरुको निशुल्क स्वास्थ्य बिमा गरिने देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले जानकारी दिए । यसको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ११ लाख लाख रुपैया विनियोजन गरेको छ । यसका साथै अति विपन्न ब्राह्मण क्षेत्रीका नागरिकको पनि गाउँपालिकाले स्वास्थ्य विमा गर्ने अध्यक्ष थापाले बताए ।

आर्थिक अभावमा पछाडि पारिएका समुदायहरु न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस भनेर यसै आर्थिक वर्षदेखी ति जातिहरुको स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएको अध्यक्ष थापाले बताए । गाउँपालिकाले सीमान्तकृत र लोपोन्मुख समुदायका सदस्यहरुको स्वास्थ्य, शिक्षा लगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र